
कैलाली । स्थानीय तह निर्वाचन नजिकिए पनि सुदूरपश्चिमबाट रोजगारीका लागि भारत जानेको संख्या दिनानुदिन बढ्दै छ । गौरी फन्टा नाका हुँदै भारत जानेको संख्या दैनिक १ हजार भन्दा बढी रहेको छ ।
भारतबाट नेपाल फर्किनेको संख्या पनि त्यतिकै छ । पाँच वर्ष कार्यकर्ता पोस्ने र भ्रष्टाचार गरेर मात्र बिताएको भन्दै मतदाता रोजगारीका लागि भारत लागेको बताइरहेका छन् । नेताहरूलाई भोट दिएर परिवार पाल्न नसकिने भन्दै भारत पस्न लागेको कैलालीको लम्किचुहा नगरपालिकाका भाष्कर जोशीले बताए ।
मुख्य नाका गौरीफन्टा भएर अहिले दैनिक नेपाल भित्रिने भन्दा बाहिरीनेको संख्या बढ्दै गएको हेल्थ डेक्सका इन्चार्ज गणेश साउदले बताए । निर्वाचनका लागि मनोनयन दर्ता गराएका उम्मेदवारहरूले निर्वाचनपछि मात्र कामको खोजीमा भारत जान आग्रह गर्दै आएपनि मजदुरीको खोजीमा उनीहरु बाहिरिनु परेको छ ।
काठमाडौं। जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायु सक्रिय रहेको जनाएको छ। महाशाखाका अनुसार मनसुनको...
काठमाडौं : बझाङको केदारस्यूँ गाउँपालिका–७ स्थित सुङगरे क्षेत्रमा भएको जीप दुर्घटनामा परी तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा...
काठमाडौँ : काठमाडौँको बुद्धनगरमा आत्मदाहको प्रयास गरेका ४५ वर्षीय अश्विन राउतको निधन भएको छ। राउतको वीर अस्पतालमा उपचारका क्रममा निधन...