
झापा । शिवसताक्षीस्थित धरमपुरमा बसको ठक्करबाट मोटरसाइकलमा सवार दुईजना म्यादी प्रहरीको मृत्यु भएको छ। मृतक म्यादी प्रहरीको नाम प्रहरीले सार्वजनिक गरेको छैन ।
आज बिहान को १ ख ७१८७ नम्बरको झुल्केदेवी यातायातको बसले प्रदेश १–०२०४० प ७१४९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुई जना म्यादी प्रहरीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
निर्वाचन सुरक्षामा खटिएर कार्यालयमा फर्किंदै गर्दा उनीहरुलाई बसले ठक्कर दिएको हो। पश्चिमबाट पूर्व आउँदै गरेको बसले ठक्कर दिँदा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनापछि बसलाई इलाका प्रहरी कार्यालय झिलझिलेले नियन्त्रणमा लिएको छ । प्रहरीले घटनाको थप अनुसन्धान सुरु गरेको छ ।
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले नेपालको पर्यटन प्रवर्द्धनका लागि सरकारले तीव्र गतिमा काम अघि बढाइरहेको बताउँदै होटल व्यवसायीहरूले उठाउँदै आएका समस्या...
काठमाडौं। विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले विश्वभर रहेका नेपाली विज्ञ, अनुसन्धानकर्ता तथा पेशाकर्मीलाई नेपालको नवप्रवर्तन अभियानमा सक्रिय रूपमा...
काठमाडौं : तरकारी किसानहरूले बुधबार काठमाडौंको माइतीघर मण्डलामा टमाटर सडकमा फालेर सरकारविरुद्ध विरोध प्रदर्शन गरेका छन् । सरकारले किसानलाई पर्याप्त...