
नयाँ विकल्प,
जाजरकोट – जाजरकोट कुशे गाउँपालिका ५ जरगाउँकी ३० वर्षीया नारायणकली रोकायको सुत्केरी हुँदा मृत्यु भएको छ । घरमै सुत्केरी भएकी रोकायाले चौथो सन्तानलाई जन्म दिएपछि ज्यान गएको स्थानीय तारा खड्काले जानकारी दिइन् ।
समयमै साल नखसेर नारायणकलीको मृत्यु भएको खड्काको भनाइ रहेको छ । सुत्केरी भएको ५ घण्टापछि मृत्यु भएकी नारायणकलीको ४ घण्टासम्म साल खसेको थिएन ।
स्थानीय मेडिकलमा कार्यरत स्वास्थ्यकर्मीको सहयोगमा साल खसेको भएता पनि नारायणकलीको ज्यान गएको प्रहरीले जनाएको छ । उनका दुई छोरी र एक छोरा थिए । चौथो सन्तान छोरा जन्म दिएपछि नारायणकलीको ज्यान गएको हो । नवजात शिशुको स्वास्थ्य अवस्था भने सामान्य रहेको तारा खड्काले बताएकी छन् ।
काठमाडौं : सर्वोच्च अदालतले सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यममार्फत मात्रै प्रकाशन तथा प्रसारण गर्ने सरकारको निर्णय खारेज गरेको छ । मंगलबार न्यायाधीशद्वय...
काठमाडौँ : सर्वोच्च अदालतमा सम्पत्ति जाँचबुझ आयोगका पदाधिकारीहरूविरुद्ध अदालतको अवहेलना गरेको दाबी गर्दै निवेदन परेको छ । अदालतले दिएको अन्तरिम...
काठमाडौँ : प्रतिनिधि सभाका सदस्य अमरेशकुमार सिंहले मुलुकको समग्र अवस्थाप्रति चिन्ता व्यक्त गर्दै प्रमुख राजनीतिक दलहरू राष्ट्रिय हितका विषयमा साझा...