
नयाँ विकल्प,
काठमाडौं – आज १५ असार, १९ औँ राष्ट्रिय धान दिवस । हरेक वर्ष यस दिन सरकारले धान दिवस मनाउँछ भने आम नागरिकले दही, चिउरा खाँदै हर्षोल्लासका साथ रोपाइँ गर्दै आएका छन् । २०६१ सालमा ‘धान खाद्य सुरक्षाको लागि वरदान’ भन्ने नारासहित यो दिवस मनाउन थालिएको भए पनि धान रोप्ने प्रचलन कृषि युगको थालनी सँगसँगै भएको हुनुपर्छ ।
कृषि मन्त्रालयले पनि यस दिन उपत्यका नजिकैको कुनै खेतमा गएर रोपाइँ उत्सव मनाउँछ । त्यसमा कृषिमन्त्री सहितको सहभागिता रहन्छ ।
केही वर्ष पहिले कृषिमन्त्रीले गमलामा धान रोपेर धान दिवस मनाएकोमा व्यापक विरोध भएको थियो । उता धान दिवसकै अवसरमा बढी हर्षित भएर महिलाहरूसँग रमाउँदा अर्का कृषि मन्त्रीले राजीनामा समेत दिनुपरेको थियो । जे होस्, सरकार औपचारिक रूपमा धान दिवस मनाउँछ भने वास्तविक किसानले रोपाइँबाट सुस्ताएर दही, चिउरा खाँदै हर्षका साथ असार १५ वा धान दिवस मनाउँछन् ।
काठमाडौं। जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायु सक्रिय रहेको जनाएको छ। महाशाखाका अनुसार मनसुनको...
काठमाडौं : बझाङको केदारस्यूँ गाउँपालिका–७ स्थित सुङगरे क्षेत्रमा भएको जीप दुर्घटनामा परी तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा...
काठमाडौँ : काठमाडौँको बुद्धनगरमा आत्मदाहको प्रयास गरेका ४५ वर्षीय अश्विन राउतको निधन भएको छ। राउतको वीर अस्पतालमा उपचारका क्रममा निधन...