कल सेन्टरमा छापा मारी ठगी गरेको आरोपमा ७ सञ्चालक सहित डेढ सय युवा युवती पक्राउ – Naya Bikalpa
June 28, 2026, Sunday      Epaper

कल सेन्टरमा छापा मारी ठगी गरेको आरोपमा ७ सञ्चालक सहित डेढ सय युवा युवती पक्राउ

नयाँ विकल्प,

बुटवल – प्रहरीले रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं। २ मा रहेको ब्लु स्काइ कल सेन्टरमा छापा मारेर ठगी गरेको आरोपमा ७ सञ्चालक सहित डेढ सय युवा युवतीलाई पक्राउ गरेको छ ।

जानकीनगरमा ३ वटा फ्ल्याट भाडामा लिइ कार्यालय नै राखेर सर्वसाधारणलाई म्यासेज पठाई ट्रयापमा पारेको प्रहरी अनुसन्धानबाट भेटिएपछि उनीहरुलाई पक्राउ गरि अनुसन्धान थालिएको प्रहरीले जनाएको हो।

विदेशी नागरिकको लगानीमा खोलिएको यस कार्यालयबाट सर्वसाधारणको मोबाइलमा ह्वाट्सप र फेसबुकमा चिट्ठा पर्‍यो भन्दै म्यासेज पठाउने, अश्लिल सन्देश पठाउने र ठगी गर्ने गरेको प्रारम्भिक अनुसन्धानका क्रममा पाइएको ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक ठगबहादुर केसीले बताए ।

पक्राउ पर्ने युवा भने कार्यालयका कर्मचारी हुन् । उनीहरुले आफूहरु जब लिंक भन्ने संस्थामार्फत यहाँ काममा आएको बताएका छन् ।

सम्बन्धित समाचार

नुहाउन गएका दुई बालकको डुबेर मृत्यु
नुहाउन गएका दुई बालकको डुबेर मृत्यु
  • २०७९ श्रावण ८, १६: २२

रौतहट : रौतहटको बागमती नदीमा नुहाउन गएका दुई बालकको डुबेर मृत्यु भएको छ । आज दिउँसो बागमती नदीमा नुहाउन गएका...

मनसुन क्रमशः सक्रिय हुँदै, असार १६ र १७ गते केही स्थानमा मुसलधारे वर्षा हुने
मनसुन क्रमशः सक्रिय हुँदै, असार १६ र १७ गते केही स्थानमा मुसलधारे वर्षा हुने
  • २०७९ श्रावण ८, १६: २२

काठमाडौं : मुलुकमा मनसुन क्रमशः सक्रिय हुँदै गएको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले आगामी असार १६ र १७ गते...

शिक्षा–स्वास्थ्य करले गरिबलाई असर गर्दैन : अर्थमन्त्री वाग्ले
शिक्षा–स्वास्थ्य करले गरिबलाई असर गर्दैन : अर्थमन्त्री वाग्ले
  • २०७९ श्रावण ८, १६: २२

काठमाडौँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले शिक्षा र स्वास्थ्य क्षेत्रमा प्रस्ताव गरिएको करले गरिब तथा सीमान्तकृत नागरिकलाई असर नगर्ने स्पष्ट पारेका छन्।...