काठमाडौं । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी चन्द्रागिरी नगरपालिका -६ थानकोट बस्ने ५८ वर्षीय नारायण भण्डारीलाई प्रहरीले आज पक्राउ गरेको छ ।
पक्राउ परेका भण्डारीको स्थायी ठेगाना कास्की जिल्ला साबिक सिल्दुजुरे गाविस वडा नं. ८ परिवर्तित मादी गाउँपालिका वडा नं. ७ रहेको प्रहरीले जनाएको छ ।
उच्च अदालत पाटनको गत असार २१ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा १ दिन कैद, २ लाख जरिवाना र ८ हजार रूपैयाँ क्षतिपूर्ति शुल्क भराउने ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धानको टोलीले काठमाडौं महानगरपालिका वडा नं. १६ बालाजु चोकबाट फेला पारी पक्राउ गरेको हो ।
उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत लगनखेल ललितपुर पठाइएको छ ।
काठमाडौं : कृष्णभीरमा भदौ १४ गते सडक भासिएपछि खोलिएको नयाँ ट्र्याक सञ्चालनमा आएको छ। भासिएको पुरानो सडकको केही माथिबाट खोलिएको...
काठमाडौँ । कालिगढ तथा श्रमिकले आज भगवान् विश्वकर्माको पूजाआराधना गरी विश्वकर्मा पर्व मनाउँदै छन् । प्रत्येक वर्ष आश्विन सङ्क्रान्तिका दिन...
काठमाडौँ । देशभर अहिले मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेको जल तथा मौसम...