अवस्था ठिक नभएका २६ ओटा सवारी साधन कारवाहीमा , १५ ओटा नियन्त्रणमा – Naya Bikalpa
September 4, 2026, Friday      Epaper

अवस्था ठिक नभएका २६ ओटा सवारी साधन कारवाहीमा , १५ ओटा नियन्त्रणमा

काठमाडौं । काठमाडौंको थानकोटमा आज गरिएको विशेष यान्त्रिक चेकिङका क्रममा अवस्था ठिक नभएका माईक्रोबस,भ्यान,ट्रिपर,हाईस,कार र टाटासुमो लगायतका २६ ओटा सवारी साधनलाई ट्राफिक प्रहरीले कारवाही गर्नुका साथै १५ ओटा सवारी साधनलाई नियन्त्रणमा लिएको छ । आइतबार दिउँसो तालिम प्राप्त प्राविधिक सहितको टोलिद्धारा गरिएको चेकिङको क्रममा हेण्डब्रेक नभएका,लाईटहरु नभएका र टायर धेरै घिसिएका लगायत अवस्था ठिक नभएका २६ ओटा सवारी साधनलाई कारवाही गरिएको र १५ ओटा सवारी साधनलाई आवश्यक अनुसन्धानका लागी नियन्त्रणमा लिईएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका सह प्रवक्ता एवं प्रहरी उपरीक्षक अवदेश बिष्ट क्षेत्रीले जानकारी दिएका छन् । हिजो दिउँसो भएको चेकिङमा १ सय ५५ ओटा सवारी साधनको अवस्था चेकजाँच गरिएको थियो ।

अवस्था ठिक नभएको सवारी साधन चलाउदा सवारी दुर्घटना बढ्न सक्ने र यसले यात्रुको जीवन पनि जोखिममा पर्न सक्ने भएकाले संभावित जोखिम कम गर्न आज दिउँसो सवारी साधनको अवस्था चेकजाँच गर्न काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट प्रहरी नायव उपरीक्षक दलराम टमटाको कमाण्डमा ट्राफिक प्रहरीको टोली काठमाडौंको थानकोट क्षेत्रमा खटिएको थियो । सम्पुर्ण यातायात व्यवसायी,सवारी धनी तथा चालकहरुले आफ्नो सवारी साधनको अवस्था दुरुस्त बनाएर मात्र चलाउन काठमाडौ उपत्यका ट्राफिक प्रहरी कार्यालयले अनुरोध गरेको छ ।

सम्बन्धित समाचार

चीनले नेपालसँग जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने
चीनले नेपालसँग जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने
  • २०७९ आश्विन ३१, १२: १७

काठमाडौं : चीनले नेपालसँग आपत्कालीन जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने जनाएको छ । उद्धार तथा विपद् राहत प्रयासका लागि...

भोटेकोशीका बाढीपीडितको पुनर्स्थापना यथाशीघ्र गरिने, सुरक्षित जग्गा पहिचान गर्न समिति गठन
भोटेकोशीका बाढीपीडितको पुनर्स्थापना यथाशीघ्र गरिने, सुरक्षित जग्गा पहिचान गर्न समिति गठन
  • २०७९ आश्विन ३१, १२: १७

काठमाडौं : भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले रसुवा–भोटेकोशी क्षेत्रमा गएको बाढीबाट प्रभावित तथा विस्थापित परिवारको सुरक्षित...

त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङमा एकजनाको शव फेला, दुई जनाको उद्धार
त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङमा एकजनाको शव फेला, दुई जनाको उद्धार
  • २०७९ आश्विन ३१, १२: १७

रसुवा । रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र एकजनाको शव फेला परेको छ । सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र...