दाङ हत्या प्रकरण: रोशनी-शरदको शव पोष्टमर्टमका लागि फरेन्सिक विज्ञ झिकाइने – Naya Bikalpa
September 17, 2026, Thursday      Epaper

दाङ हत्या प्रकरण: रोशनी-शरदको शव पोष्टमर्टमका लागि फरेन्सिक विज्ञ झिकाइने

नयाँ विकल्प, 

काठमाडौं दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ दमारगाउँको जंगलमा हत्या गरी एकै ठाउँमा फालेको अवस्थामा फेला परेका किशोर-किशोरीको शव पोष्टमर्टमका लागि फरेन्सिक विज्ञ झिकाइने भएको छ।

तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा फरेन्सिक विज्ञ नरहेको हुँदा घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट सम्बन्धित विज्ञ बोलाइएको अस्पतालका प्रशासन हेर्ने रेस्मी अधिकारीले जानकारी दिए।

प्रहरीले आग्रह गरे अनुसार पाँच/छ वटा चेकजाँच गर्न सक्ने उपकरण तथा सम्बन्धित क्षेत्रका विज्ञ प्रादेशिक अस्पतालमा नरहेकोले घोराहीबाट बोलाइएको उनले बताए।

यो २४ घण्टामा प्रहरीले एक जना टिपर चालकलाई पक्राउ गरेको छ र अनुसन्धानका लागि अन्य केही व्यक्तिलाई पनि नियन्त्रणमा लिएको छ । र सोधपुछ गरेर छाड्दै गरेको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी राजनकुमार गौतमले घटनाका विषयमा खास क्लु भेटाइन नसकेको बताए । उनले घटना कसरी हुन पुग्यो भन्ने विषयमा अझै अन्योल रहेको छ ।

मृतक दुबैको टाउको र अनुहारमा गहिरो चोटपटक देखिएको हुँदा प्रहरीले हत्याको आशंका गरेको छ ।

यता शरद- रोशनीका आफन्तले शवको पोष्टमार्टम गर्न दिएका छैनन् । अहिले दुबै जनाको शव राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको छ ।

 

 

सम्बन्धित समाचार

कृष्णभीरमा बाटो खुल्यो
कृष्णभीरमा बाटो खुल्यो
  • २०७९ आश्विन ३१, १९: ३८

काठमाडौं : कृष्णभीरमा भदौ १४ गते सडक भासिएपछि खोलिएको नयाँ ट्र्याक सञ्चालनमा आएको छ। भासिएको पुरानो सडकको केही माथिबाट खोलिएको...

आज विश्वकर्मा पूजा, कलकारखाना र औजारको पूजाआराधना गरिँदै
आज विश्वकर्मा पूजा, कलकारखाना र औजारको पूजाआराधना गरिँदै
  • २०७९ आश्विन ३१, १९: ३८

काठमाडौँ । कालिगढ तथा श्रमिकले आज भगवान् विश्वकर्माको पूजाआराधना गरी विश्वकर्मा पर्व मनाउँदै छन् । प्रत्येक वर्ष आश्विन सङ्क्रान्तिका दिन...

आज कोसी, वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना
आज कोसी, वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना
  • २०७९ आश्विन ३१, १९: ३८

काठमाडौँ । देशभर अहिले मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेको जल तथा मौसम...