
नयाँ विकल्प,
काठमाडौं – बझाङमा बुधबार भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ६ जना पुगेको छ । जिल्लाको मष्टा गाउँपालिका–४ को चिउरीमा बुधबार दिउँसो डुङ्ग्रीबाट मष्टातर्फ गइरहेको जीप दुर्घटना हुँदा ६ जनाको घटनास्थलमा मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ ।
बुधबार साढे ४ बजे मष्टा गाउँपालिका १ डुग्रीबाट भातेखोला जाने क्रममा सु.प.प्र.००१ च ११७ नम्बरको जीप दुर्घटना भएको हो । जीप दुर्घटना भई सडक भन्दा झण्डै ३ सय मिटर तल खसेको थियो । दुर्घटनामा मृत्यु भएकामध्ये ४ जनाको सनाखत भएको जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी जागेश्वर भण्डारीले जानकारी दिए । जीपमा सवार अन्य यात्रुहरूको खोजी कार्य जारी रहेकोे उनको भनाइ छ ।
दुर्घटनामा घाइतेहरुको उद्दार गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी र सेनासहित स्थानीय घटनास्थलमा खटिएका छन् ।
काठमाडौं : भोटेकोशी बाढीका कारण विस्थापित भएका महिला र बालबालिकालाई नेपाल महिला सङ्घले राहतका लागि प्राथमिकता दिएको छ । सङ्घले...
काठमाडौं : रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा सञ्चालन गरिएको खोज तथा उद्धार अभियानबाट हालसम्म...
काठमाडौं : प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९ बजेसम्म...