कर्मचारीलाई गोली हानेको आरोपमा ४ जना पक्राउ – Naya Bikalpa
September 4, 2026, Friday      Epaper

कर्मचारीलाई गोली हानेको आरोपमा ४ जना पक्राउ

काठमाडौं । सर्लाहीमा सहकारी संस्थाका एक कर्मचारीलाई गोली हानेको आरोपमा तीन भारतीय र एक नेपाली नागरिक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारतको बिहार राज्य अन्तर्गत शिबहर जिल्ला छपरा निवासी रेहान भनिने आलोक सिंह, बिहारको बैशाली जिल्ला सुल्तानपुर बस्ने शौरभ यादव, बिहारकै मोतिहारी जिल्ला सिगारगञ्ज बस्ने गुलसन कुमार सिंह र सर्लाहीको धनकौल गाउँपालिका १ बस्ने ३२ वर्षीय डिजे भनिने धिरेन्द्र सहनी रहेको प्रहरी स्रोतले जनाएको छ ।पक्राउ परेकाहरुमध्ये तीनजा भारतीय नागरिकहरु १९ वर्षका र नेपाली नागरिक सहनी ३२ वर्षका छन् । पक्राउ परेकामध्ये धिरेन्द्रको एउटा खुट्टामा गोलीसमेत लागेको छ ।

बुधबार बिहान ११ः१५ बजे सर्लाहीको बागमती नगरपालिका १ मिलनचोकस्थित सगुन बचत तथा ऋण सहकारी संस्थाका कर्मचारी लालबन्दी नगरपालिका २ जुटपानी बस्ने ३० वर्षीय साजन कार्कीमाथि गोली प्रहार भएको थियोे । आफ्नै कार्यालयमा काम गरिरहेको बेला अपरिचित ३ जना मानिसहरु आएर कार्कीलाई ४ राउन्ड गोली प्रहार गरेका थिए । कार्कीको दायाँ पाखुरा, दायाँ कोखा, बायाँ कोखा र दायाँ तिघ्रामा गोली लागेको थियोे । कार्कीको अहिले काठमाडौंमा उपचार भैरहेको छ ।

घटनालगत्तै खोजतलासमा जुटेको प्रहरीले चार जनालाई सर्लाहीको बलरास्थित नेपाल–भारत सीमाबाट पक्राउ गरेको हो । पक्राउ परेकाहरुलाई सर्लाही प्रहरीले आज पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने जनाएको छ ।

घटनाका सम्बन्धमा थप अनुसनन्धान भइरहेको प्रहरीले बताएको छ ।

सम्बन्धित समाचार

चीनले नेपालसँग जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने
चीनले नेपालसँग जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने
  • २०७९ कार्तिक ३, १६: ३४

काठमाडौं : चीनले नेपालसँग आपत्कालीन जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने जनाएको छ । उद्धार तथा विपद् राहत प्रयासका लागि...

भोटेकोशीका बाढीपीडितको पुनर्स्थापना यथाशीघ्र गरिने, सुरक्षित जग्गा पहिचान गर्न समिति गठन
भोटेकोशीका बाढीपीडितको पुनर्स्थापना यथाशीघ्र गरिने, सुरक्षित जग्गा पहिचान गर्न समिति गठन
  • २०७९ कार्तिक ३, १६: ३४

काठमाडौं : भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले रसुवा–भोटेकोशी क्षेत्रमा गएको बाढीबाट प्रभावित तथा विस्थापित परिवारको सुरक्षित...

त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङमा एकजनाको शव फेला, दुई जनाको उद्धार
त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङमा एकजनाको शव फेला, दुई जनाको उद्धार
  • २०७९ कार्तिक ३, १६: ३४

रसुवा । रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र एकजनाको शव फेला परेको छ । सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र...