प्रहरीमा एआईजीको दरबन्दी रिक्त – Naya Bikalpa
September 17, 2026, Thursday      Epaper

प्रहरीमा एआईजीको दरबन्दी रिक्त

नयाँ विकल्प,
काठमाडौं – प्रहरीमा हाल दुईजना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)को दरबन्दी रिक्त छ । २०७९ साउन २० मा विश्वराज पोखरेल र भदौ २३ मा मुकुन्दराज आचार्यले अवकाश पाएका थिए । अहिलेका आईजीपी धीरजप्रताप सिंहसँगै २०४९ चैत ११ मा इन्स्पेक्टरमा भर्ना भएका पोखरेल र आचार्यले उमेर हदका कारण अवकाश पाएका हुन् । प्रहरी अतिरिक्त महानिरीक्षकको उमेर हद ५६ वर्ष छ ।

मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनअघि थप दुईजना एआईजीले अवकाश पाउँदै छन् । उपत्यका प्रहरी कार्यालयका एआईजी रवीन्द्रबहादुर धानुकले कात्तिक २४ बाट अवकाश पाउँदै छन् । प्रशासन विभाग प्रमुख एआईजी अरुणकुमार बिसी कात्तिक १४ बाट अवकाशमा जाँदै छन् ।

प्रहरी प्रधान कार्यालयका एकजना उच्च अधिकृतका अनुसार अवकाश हुने समय निकट भएकाले उनले बिदा लिएका छन् ।

उपत्यका प्रहरी कार्यालयका एआईजी रवीन्द्रबहादुर धानुक एआईजीको उमेर हद बढाउने कसरमा लागेका छन् । प्रहरी नियमावली संशोधन गरेर एआईजीको उमेर हद ५८ वर्ष बनाउन कात्तिक ३ मा बसेको मन्त्रिपरिषद्को बैठकमा प्रस्ताव लगिएको थियो ।

२०७८ चैत १७ मा धीरजप्रताप सिंहसँगै रवीन्द्रबहादुर धानुकलाई वर्तमान मन्त्रिपरिषद्ले एआईजीको दरबन्दी थपेर बढुवा गरेको थियो ।
पोखरेल र आचार्यको अवकाशसँगै प्रहरीको कार्य विभाग र प्रदेश समन्वय विभागमा एआईजीको दरबन्दी रिक्त छ । मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनअघि उपत्यका प्रहरी कार्यालय र प्रशासन विभागको दरबन्दी रिक्त हुँदैछ ।

सम्बन्धित समाचार

कृष्णभीरमा बाटो खुल्यो
कृष्णभीरमा बाटो खुल्यो
  • २०७९ कार्तिक ६, १८: ५५

काठमाडौं : कृष्णभीरमा भदौ १४ गते सडक भासिएपछि खोलिएको नयाँ ट्र्याक सञ्चालनमा आएको छ। भासिएको पुरानो सडकको केही माथिबाट खोलिएको...

आज विश्वकर्मा पूजा, कलकारखाना र औजारको पूजाआराधना गरिँदै
आज विश्वकर्मा पूजा, कलकारखाना र औजारको पूजाआराधना गरिँदै
  • २०७९ कार्तिक ६, १८: ५५

काठमाडौँ । कालिगढ तथा श्रमिकले आज भगवान् विश्वकर्माको पूजाआराधना गरी विश्वकर्मा पर्व मनाउँदै छन् । प्रत्येक वर्ष आश्विन सङ्क्रान्तिका दिन...

आज कोसी, वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना
आज कोसी, वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना
  • २०७९ कार्तिक ६, १८: ५५

काठमाडौँ । देशभर अहिले मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेको जल तथा मौसम...