
नयाँ विकल्प,
काठमाडौं – हेटौंडाबाट पुर्वी मकवानपुरको फापरबारीतर्फ गैरहेको यात्रुबाहक बसले पैदलयात्रीलाई ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ ।
दिउँसो पौने तीन बजे धरानचतरा सडकखण्ड अन्तर्गत हेटौंडा-१७ कठायत चोकमा ना ४ ख ४०२२ नम्बरको बसले सोहि स्थानका अन्दाजी ४० बर्षीय सोम गोलेलाई ठक्कर दिएको थियो।
गम्भीर घाइते गोलेलाई उपचारका लागि हेटौंडा अस्पतालमा पुर्याउनेबित्तिकै डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । बस र चालक प्रहरीको नियन्त्रणमा रहेको प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।
काठमाडौं : विनाशकारी बाढीपछि हैजाको जोखिम बढेपछि रसुवामा हैजाविरुद्धको २१ हजार डोज खोप पठाइएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को...
गोरखा : उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–४ नाम्रुङस्थित बुढीगण्डकी र थेराङ खोलाको बाढीले दुई पुल र दुई जलविद्युत् आयोजना बगाएको छ...
काठमाडौं : रसुवास्थित भोटेकोशीमा भदौ १० गते गएको विनाशकारी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३४१ जनाको शव फेला परेको...