
नयाँ विकल्प,
काठमाडौं – माथिल्लो तामाकोशी आयोजनाको जलविद्युत् केन्द्र केही दिनका लागि बन्द गरिएको छ । नेपाल विद्युत् प्राधिकरणले ४५६ मेगावाटको तामाकोशी जलविद्युत् आयोजनाको उत्पादन रोकेर संरचनाहरूको नियमित निरीक्षण गर्न थालेको छ ।
दोलखाको विगु गाउँपालिका १, लामाबगरस्थित माथिल्लो तामाकोशी जलविद्यत केन्द्रको बाँध, बालुवा थिग्य्राउने पोखरी र मुख्य सुरुङसहित प्रसारणलाइन र सबस्टेसनको प्राविधिक निरीक्षणका लागि आयोजनाबाट हुने बिजुली उत्पादन बन्द गरिएको आयोजनाले जनाएको छ । हिजो रातिदेखि नै आयोजनाको पोखरीको पानी नदीमा छाडिएको छ ।
तामाकोशी हाइड्रोपावर कम्पनीका सीईओ विज्ञान श्रेष्ठका अनुसार तिहार र छठको समयमा मौसमको अनुकुल रहेको र र समग्र बिजुलीको खपत कम हुने भएकोले अहिले निरीक्षण गर्न लागिएको हो । करिब ८ देखि १० दिनभित्र सबै काम सकिने उनले बताए । सुरुङको पानी खाली गर्न र पुनः भर्न दुई-दुई दिन लाग्नेछ ।
काठमाडौं : भोटेकोशी बाढीका कारण विस्थापित भएका महिला र बालबालिकालाई नेपाल महिला सङ्घले राहतका लागि प्राथमिकता दिएको छ । सङ्घले...
काठमाडौं : रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा सञ्चालन गरिएको खोज तथा उद्धार अभियानबाट हालसम्म...
काठमाडौं : प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९ बजेसम्म...