माघीको अवसरमा कालीगण्डकीमा स्नान गर्नेको घुइँचो – Naya Bikalpa
October 8, 2026, Thursday      Epaper

माघीको अवसरमा कालीगण्डकीमा स्नान गर्नेको घुइँचो

गुल्मी । तीन जिल्लाको संगमस्थल गुल्मीको रुरुस्थित रिडीमा माघे संक्रान्ती मेलामा श्रद्धालु भक्तजनको घुइँचो लागेको छ ।

गुल्मी, पाल्पा र स्याङ्गजाको संगमस्थल रुरुक्षेत्र गाउँपालिकाको रिडीस्थित कालीगण्डकी नदीमा स्नान गर्ने र मेला अवलोकन गर्नेहरुको बिहानैदेखि घुइँचो लागेको हो ।

माघे संक्रान्तिदेखि तीन दिनसम्म कालीगण्डकीमा स्नान गरेर हृषीकेश मन्दिरको दर्शन गरेमा मोक्ष प्राप्त हुने विश्वास रहिआएको छ । हिन्दू धर्ममाविश्वास राख्नेहरुको बिहानैदेखि रिडीमा जमघट हुने गर्दछन् ।

रिडीमा स्नान गर्न गुल्मी, पाल्पा, स्याङ्जा, अर्घाखाँचीसँगै नेपालका धेरै स्थानबाट श्रदालु भक्तजनको सहभागिता रहने गर्दछ । चार धाममध्यको प्रशिद्ध धार्मिक स्थल रुरु ९रिडी० मा माघे संक्रान्ति मेला सुरू भएसँगै भक्तजनको भिड लाग्छ ।यहाँ स्नान गर्नाले देव ऋण, पितृ ऋण तिरिने धार्मिक विश्वास छ । भुल गरेर गरेका पाप नष्टसँगै मन शान्तिकालागि रिडी मेलामा आउने भक्तजनको विश्वास छ ।

यस क्षेत्रमा प्राचिन समयमा देवदत्त ऋषिले तपस्या गरेको धार्मिक मान्यता छ । रुरुक्षेत्र धार्मिक, पौराणिक, ऐतीहासिक तथा पर्यटकीय दृष्टिकोणले पनि निकै महत्वपूर्ण मानिन्छ । रुरु क्षेत्रको हृषीकेश मन्दीरमा नेपालकै सबै भन्दा ठूलो भगवानको मूर्ति पनि रहेको छ ।

रुरुक्षेत्र गाउँपालिका, कृषि ज्ञानकेन्द्र, र स्थानीय क्लब, विभिन्न संघ संस्थाको आयोजनामा गरिने मेलामा विशेषगरि रुरुको गुड, कम्मल, काम्ला, राडी पाखी, वाँस तथा चोयावाट निर्मित सामग्रिहरु, ओखरका घाँजी लगायतका वस्तुको राम्रो व्यापार हुने गर्दछ ।

व्यापार तथा धार्मिक पर्यटनका लागि व्यपारिहरु रुकुम रोल्पालगायतका ठाउँबाट रिडी आउने गर्दछन् । मेलामा बिबिध साँस्कृतिक कार्यक्रम समेत राखिंदै आएको छ । मेलामा घरेलु उत्पादित सामग्री, कृषि उपज वस्तुहरुलाई प्रर्दशनीमा राखिदै आएको छ । सांस्कृतिक कार्यक्रम बाहेक मतकुवा, वाल उड्यन, पिङ्ग, कालिगण्डकीमा र्‍याफ्टिङ्ग, कृषि मेला प्रर्दशनि, स्थानीय तिन जिल्लाका विभिन्न संस्कृति झल्कने नाचगान तथा विभिन्न परिकारहरु पनि मेलामा राखिएको छ ।

ऐतिहासिक क्षेत्र रिडीमा माघे संक्रान्तीसँगै एकादसी, साउने संक्रान्ती, असारे एकादसी, भदौ कृष्ण अष्ठमी, कार्तिक ठूला एकादसीलगायतका पर्वहरुमा मेला तथा यस क्षेत्रमा नुहाउने तथा पुजा आज गर्ने प्रचलन छ । माघे सक्रान्तिको अबसरमा सेतीबेनी, रुद्रावेणी, लेक पोखरा छापहिले, इस्मा गाउँपालिकाको छल्दी लगयतका स्थानमा पनि मेला लाग्ने गर्दछ ।

सम्बन्धित समाचार

त्रिविको वार्षिक बजेट वृद्धि
त्रिविको वार्षिक बजेट वृद्धि
  • २०८० माघ १, १४: २०

काठमाडौं : त्रिभुवन विश्वविद्यालय(त्रिवि) को वार्षिक बजेट वृद्धि भएको छ । गत वर्षको तुलनामा ९.७७ प्रतिशतले वृद्धि भएको हो ।...

यातायात कार्यालयका तत्कालीन प्रमुखसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
यातायात कार्यालयका तत्कालीन प्रमुखसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
  • २०८० माघ १, १४: २०

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र, रूपन्देहीका तत्कालीन कार्यालय प्रमुख तेजनारायण यादवसहित ७ जनाविरुद्ध...

आन्दोलनरत चिकित्सकसँग शिक्षा मन्त्रालयको छलफल
आन्दोलनरत चिकित्सकसँग शिक्षा मन्त्रालयको छलफल
  • २०८० माघ १, १४: २०

काठमाडौं : वीरगन्जस्थित नेशनल मेडिकल कलेजका रेजिडेन्ट चिकित्सकहरूले आफूहरूले भोग्दै आएका समस्या समाधानका लागि सरकारसँग विशेष पहल गर्न आग्रह गरेका...