वैकल्पिक सडकको स्तरोन्नति गरिँदै – Naya Bikalpa
October 8, 2026, Thursday      Epaper

वैकल्पिक सडकको स्तरोन्नति गरिँदै

ढोरपाटन(बागलुङ) । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको वैकल्पिक सडक स्तरोन्नति गर्न थालिएको छ । लोकमार्गको पाखुट्टे–बायखोला–झिम्पा हुँदै निसी जोड्ने सडकलाई स्तरोन्नति गर्न थालिएको हो ।

विसं २०७३ मा लोकमार्गको वैकल्पिक सडकका रुपमा बायखोला–झिम्पा सडकको ‘ट्र्याक’ खोलिएको थियो । उक्त सडक स्तरोन्नतिका लागि गत वर्ष केन्द्र सरकारको रु एक करोड ३० लाख र गाउँपालिकाको रु एक करोड ३० लाख गरी रु दुई करोड ६० लाख विनियोजन गरी काम भएको हो ।

उक्त बजेटले स्तरोन्नतिको काम नसकिएपछि यस वर्ष केन्द्र सरकारले विनियोजन गरेको रु ५० लाख र गण्डकी प्रदेशले छुट्याएको रु ३० लाखले सडक स्तरोन्नति गर्न थालिएको निसीखोला गाउँपालिकाका सूचना अधिकारी पुरुषोत्तम गौतमले जानकारी दिए ।

पाँच वर्षअगाडि निर्माण भएको वैकल्पिक सडक साँघुरो र जोखिमयुक्त रहेको हुँदा तीन वर्षदेखि निरन्तर स्तरोन्नतिको काम गरिरहेको उहाँको भनाइ छ । गत वर्ष सडक फराकिलो बनाउने, ठाउँठाउँमा कल्भर्ट र नाली निर्माण गरिएको गौतमले बताए ।

वैकल्पिक सडकका लागि गाउँपालिकाले अहिलेसम्म तीन करोड बढी रकम खर्च गरिसकेको उनको भनाइ छ । करिब २५ किलोमिटर सडकको ६० प्रतिशत मात्रै स्तरोन्नति भएको छ । वैकल्पिक सडक सुरुमा मध्यपहाडी लोकमार्गका लागि प्रस्तावित भए पनि अवरोध र विवादका कारण अर्कोपट्टिबाट लगिएको थियो । यो सडकले ढोरपाटन नगरपालिका–२ बाट निसीखोला गाउँपालिका–५ जोडेको छ ।

सडक साँघुरा र अप्ठ्यारा भएको हुँदा स्तरोन्नति गर्न थालेको गौतमले बताउनुभयो । यो सडक गाउँपालिकाको गौरवको आयोजनाअन्तर्गत रहेको उहाँ बताउनुहुन्छ । वैकल्पिक सडक २०७३ मा साबिक निसी, बोहोरागाउँ र देवीस्थान गाविसले रु दुई÷दुई लाख, अर्थ मन्त्रालयबाट रु ४० लाख, डोलीडार संस्थाबाट रु सात लाख, जिल्ला विकास समितिबाट आठ रु लाख गरी रु ६१ लाखमा सडकको ट्र्याक खोलेको थियो । यो सडकले निसीखोला गाउँपालिका–२, ४ र ५ का हजारौँ नागरिकको दैनिकी फेरिदिएको छ ।

सडक डिभिजन कार्यालय बागलुङका सूचना अधिकारी अमर अधिकारीले यस सडक स्तरोन्नतिका लागि ठेक्का प्रक्रियामा अगाडि बढेको भन्दै केही दिनमै काम सुरु हुने बताए । केन्द्र सरकारले रु ५० लाख विनियोजन गरेको हुँदा सो अनुसार ‘स्टिमेट’ गरेर ठेक्का लगाउन सूचना प्रकाशन गरिसकेको र त्यो प्रक्रिया अन्तिम चरणमा पुगेको हुँदा यही महिनादेखि निर्माण कम्पनी काममा लाग्ने उनी बताउँछन् ।

निसीखोला गाउँपालिका–२ का स्थानीय भीमबहादुर खत्रीले वर्षौंअगाडि खुलेको सडक हालसम्म पूर्णरुपमा स्तरोन्नति नहुँदा यात्रा र ढुवानी गर्न निकै समस्या हुने गरेको बताए । दुई वर्षदेखि स्तरोन्नति हुन थाले पनि हालसम्म आधा मात्रै सडक फराकिलो बनेको उनको भनाइ छ । सडक साँघुरो र गाडी नै गुड्न नमिल्ने हुँदा यस सडकमा कुनै पनि यातायातका साधन नगुड्ने खत्री बताउँछन् ।

“यो सडक खुलेको धेरै वर्ष भयो तर अहिलेसम्म पूरै स्तरोन्नति हुनसकेको छैन, पारिपट्टिको लोकमार्ग कालोपत्र भइसकेर भत्किन थालेको छ, यो सडकको अवस्था निकै खराब छ,” उनले भने, “थोरै बजेट पर्दोरहेछ, हरेक वर्ष काम त गर्छन्, तर त्यसले पूर्णता पाउन सकेको छैन, सम्बन्धित निकायले ध्यान दिन जरुरी छ, करोडौँ खर्च गरेर सडक खुलाए तर अप्ठ्यारो हुँदा गाडी गुड्न सकेका छैनन् ।”

सम्बन्धित समाचार

त्रिविको वार्षिक बजेट वृद्धि
त्रिविको वार्षिक बजेट वृद्धि
  • २०८० माघ २, १३: १४

काठमाडौं : त्रिभुवन विश्वविद्यालय(त्रिवि) को वार्षिक बजेट वृद्धि भएको छ । गत वर्षको तुलनामा ९.७७ प्रतिशतले वृद्धि भएको हो ।...

यातायात कार्यालयका तत्कालीन प्रमुखसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
यातायात कार्यालयका तत्कालीन प्रमुखसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
  • २०८० माघ २, १३: १४

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र, रूपन्देहीका तत्कालीन कार्यालय प्रमुख तेजनारायण यादवसहित ७ जनाविरुद्ध...

आन्दोलनरत चिकित्सकसँग शिक्षा मन्त्रालयको छलफल
आन्दोलनरत चिकित्सकसँग शिक्षा मन्त्रालयको छलफल
  • २०८० माघ २, १३: १४

काठमाडौं : वीरगन्जस्थित नेशनल मेडिकल कलेजका रेजिडेन्ट चिकित्सकहरूले आफूहरूले भोग्दै आएका समस्या समाधानका लागि सरकारसँग विशेष पहल गर्न आग्रह गरेका...