नक्कली नोट सहित ३ जना पक्राउ – Naya Bikalpa
September 8, 2026, Tuesday      Epaper

नक्कली नोट सहित ३ जना पक्राउ

नयाँ विकल्प,

बारा ,विरगंज -बारा प्रहरीले नक्कली नाेट सहित तिन जनालाइ नियन्त्रणमा लिएकाे छ ।

प्रहरीले नियन्त्रणमा लिएकामा बारा आदर्शकोतवाल -६ का वर्ष ३० को नरेन्द्र प्रसाद कुशवाहा , सिम्रौनगढ नगरपालिका -५ का वर्ष २६ को मनोज कुमार साह तेली र भारत बिहार मोतिहारी जिल्ला पुर्वी चम्पारण थाना झरौखर ग्राम कोरैया-१० का वर्ष २५ को सुधिर कुमार कुशवाहा रहेका छन् ।

उनिहरूकाे साथबाट एक हजार दरको १४६५ थान, एकसय दरको ७४६ थान, पाँचसय दरको २८४ थान, र ५० दरको ७०६ थान नक्कली भारतीय नक्कली भारतिय रूपिया बरामद भएकाे प्रहरीले जनाएकाे छ ।

लागु औषध खरिद बिक्रि, संचय र ओसारपसार कार्य भैरहेकाे सूचनाको आधारमा लागु औषध नियन्त्रण व्यूरो कोटेश्वर काठमाण्डौ तथा जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको संयुक्त टोलीले उनिहरूलाई उक्त रकम सहित नियन्त्रणमा लिएकाे हाे ।

बारा महागढीमाई -२ स्थित बरियारपुर चोकबाट नियन्त्रणमा लिई तिनै जनाकाे बारे थप अनुसंधान भैरहेकाे बारा प्रहरीले जनाएकाे छ ।

सम्बन्धित समाचार

बाढीपीडित महिला र बालबालिकालाई महिला सङ्घको प्रथमिकता
बाढीपीडित महिला र बालबालिकालाई महिला सङ्घको प्रथमिकता
  • २०७७ श्रावण ३, १८: ४५

काठमाडौं : भोटेकोशी बाढीका कारण विस्थापित भएका महिला र बालबालिकालाई नेपाल महिला सङ्घले राहतका लागि प्राथमिकता दिएको छ । सङ्घले...

भोटेकोशी बाढीः हालसम्म १३ हजार ३९६ को उद्धार
भोटेकोशी बाढीः हालसम्म १३ हजार ३९६ को उद्धार
  • २०७७ श्रावण ३, १८: ४५

काठमाडौं : रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा सञ्चालन गरिएको खोज तथा उद्धार अभियानबाट हालसम्म...

प्रधानमन्त्री राहत कोषमा पौने १२ अर्ब
प्रधानमन्त्री राहत कोषमा पौने १२ अर्ब
  • २०७७ श्रावण ३, १८: ४५

काठमाडौं : प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९ बजेसम्म...