लाखौं नेपालीहरुको कर्मभूमि कतारः समस्या र हाम्रो कमजोरी – Naya Bikalpa
October 17, 2026, Saturday      Epaper

लाखौं नेपालीहरुको कर्मभूमि कतारः समस्या र हाम्रो कमजोरी

वाहिद अलि

विगत केही वर्ष देखी म कतारको प्रतिष्ठित कम्पनीमा डिजाइनर पेशामा कार्यरत छु । डिजाइन सम्बन्धि मलाई कुनै ज्ञान थिएन तथापि म अहिले आफ्नो काममा दक्ष छु । जुन देशले मलाई एउटा दक्षता दियो, रोजगार दियो त्यही देशबारे म केही आफ्ना कुरा राख्न चाहन्छु ।

बनावटी कुराहरु गरेर झुटा एग्रिमेन्ट देखाएर धेरै पैसा असुल्ने एजेन्टहरु नै हाम्रो पहिलो समस्या हो । हामी चाहिने भन्दा धेरै लगनशील, इमान्दार र सोझोपन देखाउने गर्छौ जसको फाइदा अरुले उठाउने गर्छन् । नेपालीहरु कामदारका रुपमा कतार कहिलेदेखि भित्रिएका हुन् यो यकिनका साथ भन्न सकिन्न ।

तर जब १९७७ मा नेपाल र कतारको कुटनीतिक सम्बन्ध गाँसिएको थियो, त्यसपछिनै हामी नेपालीहरु यहाँ कामदारका रुपमा भित्रिएका हौं भन्ने अनुमान लगाउन सकिन्छ । कतार केही वर्षदेखि विकासमा तीव्र रुपमा अघि बढ्दै गरेको देश हो । २००६ मा दोस्रो पटक एसियन गेम भव्य र सफलताका साथ आयोजना गरेको देश कतारले आफ्ना हरेक कुराहरुलाई सुधार गर्ने क्रममा रहेको छ ।

विगत र अहिले अनि भावी योजनाहरुलाई हेर्ने हो भने यो किसिमको विकासमा फड्को मार्ने देशहरु संसारमा विरलै भेटिन्छन् । यस देशको विकाससँगै नेपालीहरुको सम्बन्ध झन् गाँसिएको छ । त्यसैले अहिले नेपालीहरु ५ लाखको हाराहारीमा विभिन्न तहमा काम गरिरहेका छन् ।
बेलायतको गार्डियन पत्रिका लगायत विश्वका अन्य चर्चित मिडियाहरुले नेपाली श्रमिकहरुको दुःख पीडाहरुलाई संसार माझ प्रस्तुत गर्दैगर्दा हामी नेपाली कस्ता कामदारहरु रोजगारका निम्ति कतार आउँछौं, त्यो कुरा बुझ्न एकदम जरुरी छ । म हामी भित्र रहेका कमजोरीहरुलाई आफूले देखेको भोगेको आधारमा राख्न चाहन्छु ।

१. मेनपावर र एजेन्ट– वनावटी कुराहरु गरेर झुटा एग्रिमेन्ट देखाएर धेरै पैसा असुल्ने दलालहरुनै हाम्रो पहिलो समस्या हो ।
२. नेपाल सरकार र श्रम मन्त्रालय–आफ्ना बेरोजगार जनताका लागि एकदम तल्लो स्तरमा श्रम सम्झौता गर्ने नेपाल सरकार र श्रम मन्त्रालयन जसले कुनै अध्ययन अनुसन्धान बिना धमाधम मेनपावर कम्पनी खोल्न दिने र कुनै पनि देशसँग श्रमिकका निम्ति उचित सम्झौता या दबाब नदिने, कार्यान्वयवन भए नभएको अनुगमन नगर्ने ।
३. कमजोर कुटनीतिक नियोग–कतार सरकारले कुनै पनि कामदारले एग्रिमेन्टमा लेखिएको सुविधा तलब नपाएको अवस्थामा उसको हकहित दिलाइ दिनका निम्ति लेबरकोर्ट खोलिदिएको छ तर समस्या पत्र हाम्रो नियोगबाट त्यहाँसम्म पुग्न सक्दैन र कामदार एक्लैले भाषिक समस्याका कारण आफ्नो कुराहरु लेखेर कोर्टमा राख्न सक्दैनन् । फलतः उनीहरु समस्यामा पर्छन् ।
४. भाषिक समस्या– हामी कमसेकम आफ्नो परिचय अरबिक भाषामा दिन नसक्ने अवस्थामा यहाँ आएका हुन्छौं भने इंगलिसमा समेत जवाफ दिन असक्षम हुन्छौं ।
५. स्वास्थ्य सम्बन्धी चेतनामा कमि–हामी ५२ डिग्री तापक्रम भएको देशमा आउँदै गर्दा आफूलाई कसरी स्वस्थ राख्ने भन्ने सामान्य कुराहरु जानिरहेका हुँदैनौं । खानपिन देखि हरेक कुरामा हामी अनविज्ञ छौं । पर्याप्त नपिउने सितल खानेकुराहरु नखाने र सरसफाईमा हेलचेक्राइ गरिरहेका हुन्छौं ।
६. अदक्षता सिक्न सक्ने क्षमता कमि– हामी कुन कामका निम्ति आएका हौं भन्ने कुरा नै प्रष्ट नभई आउने गर्छौ र आएपछि पनि वर्षौ सम्म त्यो काममा दक्षता हासिल गर्न सक्दैनौं ।
७. लगनशिल इमान्दार र सोझोपन– हामी चाहिने भन्दा धेरै लगनशिल, इमान्दार र सोझोपन देखाउने गर्छौ जसको फाइदा अरुले उठाउने गर्छन् ।
८. पारिवारिक समस्या र तनाव–पुरै परिवार एक जनासँग आश्रित हुने हुँदा परिवारका हरेक आवश्यकता पुरा गर्नुपर्ने ठूलो जिम्मेवारी सानो तिनो पारिवारिक समस्याहरुले पनि सधै तनावमा रहनु पर्ने बाध्यता हुन्छ ।

अरुको गल्ति केलाउनु भन्दा पहिले आफुमा रहेको गल्तिहरुको पहिचान गर्नु पर्ने हुन्छ । यी त हाम्रा समस्याहरु भए । तर ती समस्याहरुको सुनुवाई हुने विभिन्न निकायहरु छन् जहाँसम्म पुग्न हामी सकिरहेका छैनौं । देश र सरकारका कमजोरीहरु बाहेक आफ्ना कमजोरीहरुलाई सुधार गर्नेहरु यहाँ युरोप अमेरिकामा भन्दा खुसी सँग जीवन यापन गरिरहेका छन् भने शिक्षित र दक्ष मानिसहरु युरोप अमेरिकाको पासपोर्टहरु साथमा राखेर यो देशलाई आफ्नो कर्म भूमि बनाएको उदाहरण पनि हामी बीच धेरै छन् ।
नेपालमा डिग्री हासिल गरेकालाई पनि लेबर अथवा वर्किङ भिसा नदिने लगायन अन्य शक्तिशाली देशहरुले हामी अशिक्षित देखि शिक्षित र अदक्षदेखि दक्ष हरेकलाई सजिलै वर्किङ भिसा दिएको देश कतारका बारेमा बोल्दै गर्दा हामी ५ लाख नेपालीको भष्यिमाथिको सम्बन्धित निकायको ध्यान जान नसकेको प्रष्ट छ ।

लेखक कतारमा कार्यरत छन् । (जनसम्पर्क स्मारिका)

सम्बन्धित समाचार

आयो दसैँ ढोल बजाई, गयो दसैँ ऋण बोकाई
आयो दसैँ ढोल बजाई, गयो दसैँ ऋण बोकाई
  • २०७४ फाल्गुन १४, ०८: २०

  १. आयो दसैँ ढोल बजाई, गयो दसैँ ऋण बोकाई विक्रम सम्वत २०८३सालको बडा दसैँ यसपटक अलि ढिलो सुरु हुने...

महाधिवेशनको चटारोमा नेपाली कांग्रेस
महाधिवेशनको चटारोमा नेपाली कांग्रेस
  • २०७४ फाल्गुन १४, ०८: २०

  १.नेपाली कांग्रेसको १५औँ महाधिवेशन नेपाली कांग्रेसको विशेष अधिवेशनमार्फत् प्राप्त कार्यादेशको आधारमा गगन थापाले नेतृत्व गरेको नेपाली कांग्रेसको १५औँ महाधिवेशन...

जलरिवर्तनका कारणले हामी असर भोगिरहने, जलवायु न्यायकालागिहामी कराइरहने, तर औद्योगिक देशहरु कानमा तेल हालेर बस्ने ?
जलरिवर्तनका कारणले हामी असर भोगिरहने, जलवायु न्यायकालागिहामी कराइरहने, तर औद्योगिक देशहरु कानमा तेल हालेर बस्ने ?
  • २०७४ फाल्गुन १४, ०८: २०

  १. संयुक्त राष्ट्रसंघमा प्रधानमन्त्रीबालेन्द्र शाहको प्रस्तुति संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा नेपालको तर्फबाट सरकार प्रमुखको हैसियतले आफ्ना विचार राखेर सम्माननीयप्रधानमन्त्रीबालेन्द्र...