
काठमाडौँ । भारतका राष्ट्रपति रामनाथ कोविन्दले प्रधानसेनापति महारथी प्रभुराम शर्मालाई भारतीय स्थल सेनाको मानार्थ महारथी दर्जाको दज्र्यानी चिन्ह प्रदान गरेका छन् ।
भारतको औपचारिक भ्रमणमा रहनुभएका प्रधानसेनापति शर्मालाई आज नयाँ दिल्लीस्थित राष्ट्रपतिभवनमा आयोजित विशेष समारोहमा राष्ट्रपति कोविन्दले सो चिन्ह प्रदान गरेको नेपाली सेनाले जनाएको छ ।

सन् १९५० देखि नै नेपाली र भारतीय सेनाबीच सो दर्जा प्रदान गर्ने परम्परा आपसी सम्बन्धअनुरुप दुवै देशका सेना प्रमुखलाई कदरस्वरुप दिने प्रचलन रहिआएको छ ।
भारतीय स्थल सेनाध्यक्ष एम एम नरवणेको निमन्त्रणामा ९ सदस्यीय भ्रमण दलको नेतृत्व गर्दै सेनापति शर्मा मंगलबार दिल्ली प्रस्थान गरेका थिए । भारतको औपचारिक भ्रमणमा रहेका महारथी शर्माले दिल्लीस्थित राष्ट्रिय समर स्मारकमा शहीदहरूप्रति श्रद्धाञ्जलि अर्पण गरेका थिए ।

मंगलबार नै भारतीय सेनाको एक टुकडीले South Block Lawn मा महारथी शर्मालाई सम्मान गारत अर्पण ग्रहण गरेको थियो ।





काठमाडौं । आज राष्ट्रिय भू–संरक्षण दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । दिवसका अवसरमा देशका विभिन्न स्थानमा अन्तर्क्रिया, वृक्षरोपण तथा...
काठमाडौं : बाढीपहिरोका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयले आज बिहान ५ः४५ बजेसम्म अवरुद्ध...
भक्तपुर : भक्तपुरको मनहरा क्षेत्रमा वैकल्पिक व्यवस्थापनबिना हटाइएका सुकुम्वासी बस्तीका प्रभावित परिवारले तत्काल पुनर्स्थापनाको माग गर्दै कोणसभा गरेका छन् ।...