अल्मलिएको विकास प्रशासन÷मानव संशाधनको प्रयास–४ – Naya Bikalpa
July 12, 2026, Sunday      Epaper

अल्मलिएको विकास प्रशासन÷मानव संशाधनको प्रयास–४

अच्युतप्रसाद पौडेल ‘चिन्तन’

सार्वजनिक प्रशासन विकासप्रशासनको तुलनामा बृहत बोझिलो र भद्दा समेत देखिन्छ । संरचना र प्रक्रियामुखी हुने गर्छ । विकास प्रशासन भने समयानुकुल गतिशील, क्रियाशील र चुस्त समेत हुने गर्छ । अग्रीम लक्ष्य तोकिने हुँदा परिणामखी हुन्छ विकास प्रशासनले तोकिएका प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ ।

सार्वजनिक प्रशासनमा प्रक्रिया बढी हुनाले कार्य सम्पादनमा ढिलो हुन सक्छ । उत्तरदायित्व दृष्टिले पनि सार्वजनिक प्रशासन केन्द्रमुखी र प्रत्यायोजित अधिकार मात्र प्रयोगमुखी हुने गर्छ । विकास प्रशासन केन्द्रप्रति जिम्मेवार भएपनि जनमुखी र सहभागितात्मक हुने गर्छ । सार्वजनिक प्रशासनमा झै विकास प्रशासनमा आदिका, निर्देशक र नियन्त्रणलाई पर्खिरहनु नपर्ने हुन्छ ।

समुहद्वारा लक्षित परिणाममा प्रतिबद्धता भई स्रोत साधनको परचालन मार्फत् परिणाम प्राप्त गर्न सक्षम हुन्छ । सार्वजनिक प्रशासनमा यथास्थिति, कठोर र नियन्त्रण पद्धति विकसित भएको हुन्छ भने विकास प्रशासन संगठनात्मक परिवर्तन एउटा निरन्तर प्रक्रियाको अभियान अंगीकार गर्दै क्षमता र कार्य कुशलताको उद्देश्य बोकी अगाडि बढेको हुन्छ ।

नेपालमा विकास प्रशासनको सुरुवात प्रयोग योजनाको भरपर्दो विकासको अवधारणासँगै नेपालमा पनि विकास प्रशासनको सुरुवात भएको पाइन्छ । मुलुकको सर्वाङ्गीण विकास, लक्ष्य, उद्देश्य र समग्र कार्यक्रम जनमुखी र समावेशी होस् भन्ने आधारमा विकास प्रशासनको अवधारणा विकासोन्मुख मुलुकहरुले अंगीकार गरेदेखीनै नेपालमा पनि संलग्न जनशक्तिको कार्य र उत्तरदात्विको स्पष्ट व्याख्या, व्यवस्था, कार्य सम्पादन, योग्यता र वृत्ति विकासका पक्षहरुले समेत स्थान पाउँदै आएकाले पनि नेपालमा विकास प्रशासनको अवधारणाले स्थान पाएको हो ।

त्यस्तै परिणाममुखी प्रशासन, शासकीय सुधार, विकेन्द्रीकरण र कुशल सक्षम प्रशासन सञ्चालन गर्ने उद्देश्य अनुरुप पनि यसको आवश्यकता महशुस भएको देखिन्छ । वि.सं २०१३ सालदेखिनै आरम्भ भएको योजनावद्ध विकासको अवधारणासँगै विकास प्रशासनको अवधारणा स्पष्ट भएको र साधारण र विकास गरी दुई थरी बजेट र वर्गीकरण हुने गरेको पनि पाइन्छ । क्रमशः प्रशासन सुधारलाई उन्मुख हुँदै छैटौ वर्षीय योजना आरम्भ भएको वि.सं. २०३७ सालदेखि विकास प्रशासन नीति नै आरम्भ भएको पाइन्छ ।

नवौं योजना २०५४ देखि विकास व्यवस्थापनको प्रयोग छिटोछरितो र सक्षम अनि सेवामूलक र जनउत्तरदायी प्रकासन सञ्चालन गर्ने क्रममा विकास प्रशासनले आफ्नो उपस्थिति दर्शाउँदै आएको पाइन्छ । दशौं योजनामा सुशासनको अत्यधिक प्रयोग । पछिल्ला अन्तरिम योजनाहरुमा पनि प्रशासननिक सुधारका क्षेत्रमा धेरै कुराहरु बोलेकाले पनि आगामी दिनहरुमा समेत विकास प्रशासनले आएको दरिलो र भरपर्दो उपस्थिति देखाउने स्पष्ट देखिएको छ ।

नेपालमा देखाउने प्रशासन आरम्भ भएका वखतको तुलना अंक अध्ययन गर्दा हाल शिक्षा, स्वास्थ, सञ्चार, प्रविधि, यातायात एवं विकास निर्माणमा उल्लेखनीय प्रगति देखिन्छ र पनि हामीमाझ देखिएको गरीबी र बेरोजगारी अनि समावेशी दायरा भने अझ फराकिलो हुन सकेको छैन । सर्वागीण र सन्तुलित विकास आजको मुल आवश्यकता हो । विकास कार्यक्रमहरुले बाँछित सफलता हासिल गर्न नसकेको हाम्रो परिवेशका नवीनतम सोंच अभिवृद्धि हुनु जरुरी देखिएको छ । विकास प्रशासन आलोचना मुक्त छैन ।

विकास प्रशासनको विषयवस्तु निजी र खुल्ला अर्थतन्त्रले ल्याएको परिणामबारे पनि विकास प्रशसन कम आलोच्य छैन । विकास प्रशासनको अवधारणामा हुने अधिक वैदेशिक सहयोग, सहायता, पनि थप आलोचनाका विषय बनेका छन् । मौलिकता र दिगोपनका लागि पनि मुलुकले आफै अवधारणा विकसित गर्नुपर्ने प्रश्नहरु खडा भएका छन् । आर्थिक एवं सामाजिक समस्याहरु यथास्थितिमा रहुञ्जेल विकास प्रशासनको नारा पूर्ण सफल भएको मान्न सकिदैन पनि ।

विकासोन्मुख राष्ट्रहरुले विकास प्रशासनलाई लामो समयदेखि प्रयोगमा ल्याएपछि केही मुलुकहरुलाई छोडेर अधिकांश विकासोन्मुख मुलुकमा समस्या यथावतै रहेकाले पनि विकास प्रशासनको नौलो आयामलाई खोज गर्नुपर्ने थप दायित्व हामीमाझ विद्यमान छ । तथापि राष्ट्र निर्माण हेतु सवल र सक्षम जनपरिचालन, दिगो विकास, प्रशासनिक क्षमताको विकास, सुशासन, स्रोत र साधनको उपयुक्त प्रयोग, सीप र यसको प्रयोग र व्यवस्थापन, बेरोजगारी समस्या समाधान र आर्थिक उन्नती हेतु विकास प्रशासनको विकल्प अहिलेसम्म भेटिएको छैन ।

असफलताका कारण हाम्रै परिवेश
नेपालमा विकास प्रशासन सञ्चालनको अवधारणाले आधा दशक बढी समय लिइ सकेको छ । वि.सं. २००९ को बुचकमिशनदेखि प्रसाशनका सुधार र नयाँ आयामहरु स्थापित भइसक्दा पनि हामी आफ्ना उद्देश्य र प्रगतिमा पछाडिनै छौं । प्रशासन सुधारमा सुरुका प्रयत्नहरु नतिजामुखी प्रशासन र भरपर्दो क्षमतावान् प्रशासनको सुदृढीकरणमा हामी अग्रसर भएपनि प्रशासन सुधारका लागि प्राप्त सुझावहरुलाई सही कार्यान्वयनमा हामी पछाडि छौं ।

संगठन सक्षम चुस्त र दुरुस्त राख्ने क्रममा प्रशासननिक संगठनको केन्द्रीय निकाय मन्त्रालयका संख्या कम गर्ने सुझाव भएपनि यसको ठीक विपरीत मन्त्रालयका संख्याहरु वृद्धि भइका छन् भने विकेन्द्रीकरण योजनाको सही कार्यान्वयन हुन सकेको छैन । हाम्रो प्रशासन अझ परम्परागत, प्रतिभामुखी र जिम्मेवारी पच्छयाउने प्रवृतिमै संलग्न छ ।

सम्बन्धित समाचार

लायन्स क्लब अफ नेपाल जर्नालिष्टद्वारा वृद्धा आश्रम नेपाललाई सहयोग
लायन्स क्लब अफ नेपाल जर्नालिष्टद्वारा वृद्धा आश्रम नेपाललाई सहयोग
  • २०७६ बैशाख १६, ०८: २४

काठमाडौं । लायन्स क्लब अफ अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ एफ अन्तर्गत स्थापना भएको लायन्स अफ नेपाल जर्नालिष्ट क्लबले स्थापना कालदेखि विभिन्न...

तराईको उदयपुरदेखि झापासम्म पानी नपर्दा किसानको बेहाल
तराईको उदयपुरदेखि झापासम्म पानी नपर्दा किसानको बेहाल
  • २०७६ बैशाख १६, ०८: २४

काठमाडौं । असार महिना धान रोपेर किसानहरु रमाउने महिना, किनकी मानो रोपेर मुरी फलाउने कृषि प्रधान देश नेपाल यतिबेला, पहाडमा...

कांग्रेस पार्टीको विधान संशोधन गर्ने गृहकार्य सुरु गरेका छौं : महामन्त्री थापा
कांग्रेस पार्टीको विधान संशोधन गर्ने गृहकार्य सुरु गरेका छौं : महामन्त्री थापा
  • २०७६ बैशाख १६, ०८: २४

भक्तपुर । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेस पार्टीको विधानका बारेमा छलफल सुरु गरेका छौं भन्दै १५औं महाधिवेशनले छोपी सकेको...