
नयाँ विकल्प
कर्णाली- जिल्ला प्रहरी कार्यालय सुर्खेतले तीन दिनमा सात हजार लिटर अवैध घरेलु मदिरा नष्ट गरेको छ। सुर्खेत जिल्लाका चार गाउँपालिका र पाँच नगरपालिकाका विभिन्न स्थानबाट अवैध घरेलु तयारी मदिरा तथा मदिरा उत्पादन गर्न प्रयोग गरिएको कच्चा पदार्थसहित सात हजार १५७ लिटर मदिरा बरामद गरी नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।
प्रहरी नायब उपरीक्षक घर्तीले दुई हजार २५७ लिटर तयारी मदिरा र चार हजार ९०० लिटर मदिरा उत्पादनका लागि प्रयोग गरिएको कच्चा पदार्थ नष्ट गरिएको हो। सामाजिक अपराधका अधिकांश घटना मदिराका कारण घट्ने भएकाले त्यसको नियन्त्रण तथा निराकरण गर्ने लक्ष्यका साथ चालु आवको प्रारम्भदेखि अभियान थालिएको छ।
जनकपुरधाम। निजी विद्यालयका संगठनहरुले जनकपुरधाम उपमहानगरपालिका अन्तर्गतका सम्पूर्ण निजी विद्यालयहरू भोलिदेखि बन्द गर्ने निर्णय गरेका छन्। निजी विद्यालयका संगठनहरुले संयुक्तरुपमा...
पोखरा । सहकारीको रकम अपचलनको आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री एवम् रास्वपाका सभापति रबी लामिछानेलाई भैरहवाबाट पोखरा पुर्याइएको छ। पोखरा पुर्याउनासाथ...
डडेल्धुरा। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पश्चिम सेती जलविद्युत् आयोजना बन्ने भइसकेको बताएका छन्। गृह जिल्ला डडेल्धुरा पुगेका पूर्वप्रधानमन्त्री देउवाले...