December 8, 2021, Wednesday

कांग्रेस अधिवेशनको अन्तिम नतिजा आज आउँदै

काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत प्रतिनिधि सभा निर्वाचन क्षेत्रको अधिवेशनको अन्तिम नतिजा आउँदै छ ।

६० जिल्लाका १४८ प्रतिनिधि सभा निर्वाचन क्षेत्रको सोमबार सुरु भएको अधिवेशनको अन्तिम नतिजा आज साँझसम्म आउने नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समिति संयोजक महादेवप्रसाद यादवले बताए ।

मङ्गलबार साँझ ४० जिल्लाको अन्तिम नतिजा प्रकाशित भएको रअन्य जिल्लाको मत परिणाम आज आउने उनको भनाइ छ । देशभरका १६५ प्रतिनिधि सभा निर्वाचन क्षेत्रमध्ये १६ वटा निर्वाचन क्षेत्रमा यसअघि नै नेतृत्व चयन भइसकेको छ ।

जाजरकोटमा निर्विरोध नेतृत्व चयन भएको छ भने अन्य सबै जिल्लामा मतदानमार्फत नेतृत्व चयन भएको यादवले बताए । नेपाली काँग्रेसको १४ औँ महाधिवेशन मङ्सिर २४ देखि २६ गते सम्म काठमाडौंमा हुँदैछ ।

सम्बन्धित समाचार

कांग्रेस महाधिवेशन प्रतिनिधिको नामावली सार्वजनिक (सूचीसहित)
कांग्रेस महाधिवेशन प्रतिनिधिको नामावली सार्वजनिक (सूचीसहित)
  • २०७८ मंसिर ८, ११: ५३: ३०

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिहरूको प्रारम्भिक नामावली सार्वजनिक भएको छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिले ४ हजार ३...

दूरसञ्चार कम्पनीको प्रबन्ध निर्देशकका लागि विज्ञापन खुल्यो
दूरसञ्चार कम्पनीको प्रबन्ध निर्देशकका लागि विज्ञापन खुल्यो
  • २०७८ मंसिर ८, ११: ५३: ३०

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको प्रबन्ध निर्देशक पदका लागि दरखास्त आह्वान खुल्ला गरिएको छ । सञ्चार तथा सूचना प्रविधि...

आज राम–सीता विवाह महोत्सव, जनकपुर सिंगारियाे
आज राम–सीता विवाह महोत्सव, जनकपुर सिंगारियाे
  • २०७८ मंसिर ८, ११: ५३: ३०

काठमाडौं । अयोध्याका राजकुमार राम र मिथिलाका राजा जनककी छोरी सीता (जानकी) को बिहे भएको सम्झनामा आज विवाह पञ्चमी महोत्सव...