प्रधानमन्त्री केपी ओलीकाे अर्काे एक्सनः आजै प्रदेश सभा विघटन हुँदै – Naya Bikalpa
August 14, 2026, Friday      Epaper

प्रधानमन्त्री केपी ओलीकाे अर्काे एक्सनः आजै प्रदेश सभा विघटन हुँदै

नयाँ विकल्प

काठमाडाैं- प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनसंगै प्रदेश सभा विघटनकाे तयारी गरेका छन् । नेकपा प्रचण्ड -नेपाल समुहले बागमती प्रदेशका मुख्यमन्त्री डाेरमणी पाैडेललाइ अविस्वासकाे प्रस्ताव दर्ता गराएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले दाेस्राे एक्सन लिन लागेका हुन ।

नेकपा उच्च स्राेतका अनुसार प्रदेश सभा विघटनकाे सिफारिस गर्न अाजै साँझ ६ बजे मन्त्रीपरिषद्काे बैठक बाेलाएका छन् । मन्त्रीपरिषद्काे बैठकले प्रदेश सभा विघटनकाे प्रस्ताव गर्ने तयारी गरेकाे स्राेतकाे दावी छ ।

मन्त्रीपरिषद्ले निर्णय गरेपछि उक्त प्रस्ताव राष्ट्रपति विद्यादेवि भण्डारी समक्ष पेश हुनेछ । राष्ट्रपतिले सरकारकाे सिफारीसमा प्रदेश सभा विघटन गर्न सक्ने संवैधानीक ब्यावस्था छ ।

ओलीनिकट मानिने बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध शुक्रबार अविश्वासको प्रस्ताव प्रदेशसभा सचिवालयमा दर्ता भएको छ । संसदीय दलका उपनेतासमेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जमरकट्टेलको नेतृत्वमा अविश्वासको प्रस्ताव दर्ता भएको हो ।

नेकपाका ४५ जना सांसदको हस्ताक्षरसहित शुक्रबार अविश्वासको प्रस्ताव दर्ता भएको छ। पाैडेलमाथी अविस्वासकाे प्रस्तावसंगै नेतृ अष्टलक्ष्मी शााक्यलाई मुख्यमन्त्री बनाउन माग गरेका छन् ।

बागमती सरकार ढलाउने प्रचण्ड माधव समुलेका सरकारका तीन जना मन्त्रीले सामूहिक राजीनामा दिएका थिए । आन्तरिक मामिला तथा कानुन मन्त्री जमरकट्टेल, सामाजिक विकासमन्त्री युवराज दुलाल, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण प्रसाद नेपालले राजीनामा दिएका हुन् ।

मुख्यमन्त्रीकै कारण प्रदेश सरकारले जनअपेक्षा अनुसार काम गर्न नसक्ने निष्कर्ष निकाल्दै तीन मन्त्रीले राजीनामा दिएका छन् । राजिनमा दिने मन्त्रीहरु जम्मकट्टेल र दुलाल अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निकटका हुन भने नेपाल भने अर्का नेता माधवकुमार नेपाल निकटका हुन् ।

सम्बन्धित समाचार

सर्पदंश र रेबिजविरुद्धका औषधि केन्द्रीय भ्याक्सिन स्टोरमा आइपुग्यो
सर्पदंश र रेबिजविरुद्धका औषधि केन्द्रीय भ्याक्सिन स्टोरमा आइपुग्यो
  • २०७७ पुष १०, १७: २२

काठमाडौं ।  सर्पदंश र रेबिजको उपचारमा प्रयोग हुने एन्टिस्नेक भेनम सिरम तथा रेबिज इम्युनोग्लोबुलिन केन्द्रीय भ्याक्सिन स्टोर टेकुमा आइपुगेको छ।...

कांग्रेस बैठक : प्रेस स्वतन्त्रता, संसदीय मर्यादा र रोल्पा पहिरोबारे सरकारको ध्यानाकर्षण, देउवालाई स्वागत
कांग्रेस बैठक : प्रेस स्वतन्त्रता, संसदीय मर्यादा र रोल्पा पहिरोबारे सरकारको ध्यानाकर्षण, देउवालाई स्वागत
  • २०७७ पुष १०, १७: २२

ललितपुर : नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण, संसदीय मर्यादा कायम राख्ने तथा विपद्मा परेका नागरिकको...

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले दिए राजीनामा
सुदूरपश्चिमका मुख्यमन्त्री शाहले दिए राजीनामा
  • २०७७ पुष १०, १७: २२

काठमाडौं : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पदबाट राजीनामा दिएका छन् । मुख्यमन्त्री शाहले प्रदेश प्रमुख नजिर मियाँसमक्ष राजीनामापत्र बुझाएका...