बामगठबन्धनभित्र नेपाल–खनाल पाखा – Naya Bikalpa
October 16, 2026, Friday      Epaper

बामगठबन्धनभित्र नेपाल–खनाल पाखा

आगामी प्रदेशसभा र प्रतिनीधिसभा सदस्य निर्वाचनमा एमाले र माओवादीका बीचमा गठबन्धन गर्दै भविश्यमा पार्टी एकता हुने भएपछि एमालेका शीर्ष नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल पाखा लाग्ने भएका छन् । नेकपा एमालेमा १५ वर्षसम्म महासचिव, पार्टी अध्यक्ष र प्रधानमन्त्री बनेका नेपाल संसदीय निर्वाचनमा ४ पटक विजयी बनेका व्यक्ति हुन् भने ४ पटकसम्म संसदीय निर्वाचन जितेर छोटो समय (६ महिना) प्रधानमन्त्री बन्न झलनाथ खनाल समेत सफल भएका थिए ।

एमालेको नवौं महाधिवेशनमा अध्यक्ष केपी ओलीसँग अध्यक्ष पदमा पराजित भएका नेपाल एमालेभित्र भद्र र शालीन नेताका रुपमा चिनिने परिचित छन् । एमाले अध्यक्ष ओलीले आफ्नो स्वार्थ पूरा गर्न सत्तामा पुग्नका लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग वामएकताका नाममा गठबन्धन बनाई नेपाल र खनाललाई पाखा लगाउने पार्टीभित्रै आरोप लाग्न थालेको छ ।


वामपन्थीहरुको गठबन्धन बनाएर मुलुकमा अधिनायकवाद र साम्यवाद लाद्न खोजिएको भन्दै एमालेभित्रै असन्तुष्टी बढेको समचार स्रोतले जानकारी दिएको छ । अध्यक्ष ओली प्रधानमन्त्री र माओवादी केन्द्रका अध्यक्ष दाहाल राष्ट्रपति वा अध्यक्ष बन्ने गोप्य सहमति भएको समाचारमा जनाइएको छ । राजनीतिमा चतुर मानिने ओली र दाहालको एकताभित्र लुकेको रहस्य भनेको नेपाल र खनाललाई तह लगाउनु पनि भएको राजनीति क्षेत्रमा चर्चा हुन थालेको छ ।
राजनीतिक स्थायित्व, आर्थिक सम्वृद्धि र राष्ट्रवाद एवं स्वाभिमानपूर्ण समाजको निर्माणका लागि घ्यू बेचुवा र तरवार बेचुवाले एकता दीर्घकालसम्म नरहने जानकारहरुले बताएका छन् । वामगठबन्धनमा ओली र दाहालको दादागिरी बढ्ने भएकाले पार्टीमा त्याग गरेका नेपाल र खनालजस्ता नेताहरु ओझेलमा पर्ने ठोकुवा वाम राजनीतिका विश्लेषकहरुले गरेका छन् । यद्यपी टिकट वितरणमा समेत नेला पक्षलाई पाखा लगाउने कामबाट नेपाल पक्ष निकै कमजोर भएको महसुस नेपाल पक्षका नेताहरुको रहेको छ ।
यसैबीच एमाले अध्यक्ष ओलीले काठमाडौं–२ बाट नेपाललाई र माओवादी केन्द्रका अध्यक्ष दाहालले गोरखा–२ बाट नारायणकाजी श्रेष्ठलाई हराई गठबन्धनमा एकलौटी रजाई गर्ने अभियानमा जुटेको बताइन्छ । त्यही अभियान अन्तरगत ओलीका विश्वास पात्र इश्वर पोखरेल नेता नेपाललाई हराउनका लागि लागिपरेका थिए । सुरुमा पोखरेल निटक व्यक्ती नै माधव नेपालका विरुद्धमा वागी उम्मेदवारी समेत दर्ता गराएका थिए ।

सम्बन्धित समाचार

गगन नेतृत्वमा कांग्रेस केन्द्रीय समितिमा ३० डाक्टर र १५ इन्जिनियर निर्वाचित
गगन नेतृत्वमा कांग्रेस केन्द्रीय समितिमा ३० डाक्टर र १५ इन्जिनियर निर्वाचित
  • २०७४ मंसिर ४, ०९: १७

काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगनकुमार थापाको नेतृत्वमा निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिमा चिकित्सक, इन्जिनियर तथा विभिन्न विषयका विज्ञहरूको उल्लेख्य...

काङ्ग्रेस कसैको प्राइभेट कम्पनी होइन, आम नागरिकको साझा संस्था हो: सभापति गगनकुमार थापा
काङ्ग्रेस कसैको प्राइभेट कम्पनी होइन, आम नागरिकको साझा संस्था हो: सभापति गगनकुमार थापा
  • २०७४ मंसिर ४, ०९: १७

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई कुनै नेताको निजी सम्पत्ति नभई आम नागरिकको साझा सम्पत्तिका रूपमा विकास गर्नुपर्ने...

कांग्रेसलाई नयाँ ढाँचामा अघि बढाउने सभापति थापाको योजना, नियमित कामबाट अलग रहेर देश दौडाहामा जाने
कांग्रेसलाई नयाँ ढाँचामा अघि बढाउने सभापति थापाको योजना, नियमित कामबाट अलग रहेर देश दौडाहामा जाने
  • २०७४ मंसिर ४, ०९: १७

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धामा छुटेका योग्य नेताहरूलाई समेट्दै संगठनलाई थप प्रभावकारी बनाउने बताएका छन्।...