सर्वोच्च अदालतमा बम राखिएको हल्ला निराधार – Naya Bikalpa
October 18, 2026, Sunday      Epaper

सर्वोच्च अदालतमा बम राखिएको हल्ला निराधार

काठमाडौँ । सर्वोच्च अदालतमा बम राखिएको हल्लापछि भागाभाग मच्चिएको छ । अदालतको सबै इजलास खाली गराइएको सर्वोच्चका सहरजिष्टार नारायण पन्थीले बताए । अज्ञात व्यक्तिले पन्थीलाई फोन गर्दै सर्वोच्चमा बम राखेको बताए पछि सर्वोच्च खाली गराइएको हो ।

बम राखिएको हल्लापछि नेपाली सेनाको बम डिस्पोजल टोली सर्बोच्चमा पुगेको छ । सुरक्षाकर्मीले खानतलासी सुरु गरेका छन् । सबै इजलासहरु खाली गरी न्यायाधीशहरुलाई बाहिर निकालिएको छ । सर्वोच्च प्रशासनले आजका सबै इजलास र न्याय प्रशासनका काम नहुने जानकारी गराएको छ ।

सर्वोच्च अदालतमा बम राखिएको हल्ला निराधार भएको पुष्टि भएको छ । मंगलबार दिउँसो अज्ञात व्यक्तिले सर्वोच्चमा बम राखिएको भन्दै सहरजिष्टार नारायण पन्थीलाई फोन गरेपछि इजलास खाली गराइएको थियो । लगत्तै, नेपाली सेनाको बम डिस्पोजल टोलीले सर्वोच्च पुगेको थियो भने सुरक्षाकर्मीले खानतलासी गरेका थिए ।

तर, खोजबिन गर्दा कुनै पनि शंकास्पद वस्तु नभेटिएको महानगरीय प्रहरी कार्यालय आयुक्त जयबहादुर चन्दले अनलाइनखबरलाई बताए ।फोन गरेर बम राखिएको जानकारी दिने व्यक्तिको प्रहरीले खोजी सुरु जनाइएको छ । यसअघि अदालतका सबै इजलासहरु खाली गरी न्यायाधीशहरुलाई बाहिर निकालिएको थियो ।

सम्बन्धित समाचार

मेरो सभापति पद अहँकारको  श्रीपेच होइन : सभापति थापा
मेरो सभापति पद अहँकारको श्रीपेच होइन : सभापति थापा
  • २०७४ मंसिर ५, ०९: २२

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभन्दा माथि कोही पनि व्यक्ति हुन नसक्ने स्पष्ट पार्दै नेतृत्व सम्हाल्ने क्रममा आफू...

कांग्रेसको १५औं महाधिवेशनबाट २३१ जना निर्वाचित
कांग्रेसको १५औं महाधिवेशनबाट २३१ जना निर्वाचित
  • २०७४ मंसिर ५, ०९: २२

काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनको मतगणना सकिएको छ । १८ असोजबाट काठमाडौंमा सुरु भएको महाधिवेशनअन्तर्गत २३ गते रातिबाट मतगणना...

नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगन थापाले आज पद तथा गोपनीयताको शपथ र पदबहाली गर्ने
नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगन थापाले आज पद तथा गोपनीयताको शपथ र पदबहाली गर्ने
  • २०७४ मंसिर ५, ०९: २२

काठमाडौँ — नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापति पदमा निर्वाचित गगनकुमार थापाले आज पद तथा गोपनीयताको शपथ ग्रहण र पदबहाली गर्दैछन्।...