
नयाँ विकल्प
काठमाडौं- नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले गिरिजाप्रसाद कोइरालामा दृढ इच्छाशक्ति भएकोे बताएका छन्। नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री स्व गिरिजाप्रसाद कोइरालाको ९८औँ जन्मजयन्तीका अवसरमा सुशील कोइराला मेमोरियल फाउण्डेशनले आइतबार यहाँ आयोजना गरेको ‘गिरिजाप्रसाद कोइराला : प्रजातन्त्रका लागि सङ्घर्ष’ विषयक भर्चुअल अन्तर्क्रियामा उनले शान्ति प्रक्रियाका नायक गिरिजाबाबुमा दृढ इच्छाशक्ति भएको बताए।
नेता डा कोइरालाले लोकतन्त्रका लागि कसैसँग सम्झौता नगर्ने नेता गिरिजाबाबु भएको उल्लेख गरे। पार्टीलाई सशस्त्र क्रान्तिका लागि पैसा आवश्यक परेर विमान अपहरण गर्न गिरिजाबाबु बाध्य भएको उनको भनाइ थियो। गिरिजाबाबु पार्टीको कुशल सङ्गठनकर्ता भएको नेता कोइरालाले बताए। फाउण्डेशनका सदस्य–सचिव अतुल कोइरालाले नेपाली राजनीतिमा गिरिजाबाबुको अभाव खड्किएको बताए। गिरिजाबाबुले देखेको जनप्रतिनिधिमार्फत संविधान लेख्ने सपना स्व सुशील कोइरालाको नेतृत्वमा सम्भव भएको उनको भनाइ थियो।
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा देशभरका युवालाई शुभकामना व्यक्त गर्दै युवाको ऊर्जा,...
काठमाडौं । गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । बैठकमा नेपाली कांग्रेसका सांसद निश्कल राईले गणपूरक संख्यामाथि प्रश्न...
काठमाडौं : विभिन्न कार्यक्रमका साथ आज देशभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै छ । यस वर्षको अन्तर्राष्ट्रिय युवा दिवसको मूल नारा...