गण्डकीमा एमालेको नाराबाजी विरोधकाविच बजेट पारित – Naya Bikalpa
August 8, 2026, Saturday      Epaper

गण्डकीमा एमालेको नाराबाजी विरोधकाविच बजेट पारित

नयाँ विकल्प,

कास्की – गण्डकी प्रदेशमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको नाराबाजीबीच सरकारले बजेट पारित भएको छ । बुधबार प्रदेशसभा बैठकमा बजेटमाथिको छलफल सुरु भएपछि प्रतिपक्षी सांसदले वेल घेराउ गरेका थिए ।

प्रदेशसभाको बैठकमा प्रदेश सरकारले आर्थिक वर्ष २०७८र७९ को बजेट पारित गर्ने कार्यसूची थियो । बैठक सुरु हुने वित्तिकै नेकपा एमालेका सांसदले रोस्टम घेराउ गर्दै नाराबाजी गरेपछि मर्यादापालक प्रहरी र प्रतिपक्ष सांसद घचेडाघचेड भएको थियो ।

विरोधका बाबजुद पनि सदन अगाडि बढाउन लागेपछि एमालेले सदन बहिष्कार गरेको थियो ।

गण्डकी प्रदेशको अर्थमन्त्रीको समेत जिम्मेवारी सम्हालेका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विरोधकै बीच बजेट प्रस्तुत गरेका थिए । त्यसपछि संसदमा ठेलमठेल र नाराबाजीका बीच बजेट पारित गरिएको हो ।

सम्बन्धित समाचार

देशभर अपराध ४.३५ प्रतिशतले बढ्यो, एक वर्षमा ६१ हजार मुद्दा दर्ता
देशभर अपराध ४.३५ प्रतिशतले बढ्यो, एक वर्षमा ६१ हजार मुद्दा दर्ता
  • २०७८ असार ३०, २०: ५१

काठमाडौँ : देशभर प्रहरी कार्यालयमा दर्ता हुने आपराधिक मुद्दाको संख्या बढेको छ । आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो आर्थिक वर्षको...

सत्तारुढ सांसद नै भन्छन्- राज्य सञ्चालन गर्न सरकारको ढंग पुगेन
सत्तारुढ सांसद नै भन्छन्- राज्य सञ्चालन गर्न सरकारको ढंग पुगेन
  • २०७८ असार ३०, २०: ५१

काठमाडौं : सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले राज्य सञ्चालनमा सरकारले ढंग पुर्‍याउन नसकेको टिप्पणी गरेका छन्...

सरकार ‘शासकीय अराजकता’तर्फ उन्मुख : कांग्रेस सभापति थापा
सरकार ‘शासकीय अराजकता’तर्फ उन्मुख : कांग्रेस सभापति थापा
  • २०७८ असार ३०, २०: ५१

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले वर्तमान सरकारको कार्यशैलीप्रति कडा आलोचना गर्दै देश ‘शासकीय अराजकता’तर्फ उन्मुख भएको आरोप लगाएका...