प्रम देउवाको कार्यकालमा कोरोनाबाट मुलुकले निकास पाउने विश्वास – Naya Bikalpa
August 12, 2026, Wednesday      Epaper

प्रम देउवाको कार्यकालमा कोरोनाबाट मुलुकले निकास पाउने विश्वास

नयाँ विकल्प

काठमाडौं- सुशील कोइराला मेमोरियल फाउन्डेशनले प्रधानमन्त्री शेरबहादुर देउवाको कार्यकालमा कोरोना महामारीको चपेटामा परेको मुलुकले निकास पाउने विश्वास व्यक्त गरेको छ। नेपाली कांग्रेसको महामन्त्रीसमेत रहेका फाउन्डेसनका अध्यक्ष डा. शशाङ्क कोइराला र सदस्य सचिव इञ्जिनियर अतुल कोइरालाले बुधबार विज्ञप्ति जारी गरी नेपाली जनताको सुख, शान्ति र समृृद्धिको सपना पूरा गर्न वर्तमान सरकार सफल हुने कामना गरेका हुन्।

नेपाली कांग्रेसका सभापति र फाउन्डेसनको संरक्षकसमेत रहेका देउवा मुलुकको प्रधानमन्त्री बनेकामा शुभकामनासहित उनको सफल कार्यकालको कामना पनि गरिएको छ। देउवा मङ्गलबार पाँचौँपटक प्रधानमन्त्री पदमा नियुक्त भएका हुन्। सोमबार सर्वोच्च अदालतले कांग्रेस संसदीय दलको नेतासमेत रहेका देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो।

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको शुभकामना : युवाको ऊर्जा राष्ट्र निर्माणमा उपयोग गर्नुपर्नेमा जोड
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको शुभकामना : युवाको ऊर्जा राष्ट्र निर्माणमा उपयोग गर्नुपर्नेमा जोड
  • २०७८ असार ३१, ०७: २९

काठमाडौँ ।  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा देशभरका युवालाई शुभकामना व्यक्त गर्दै युवाको ऊर्जा,...

गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभा बैठक स्थगित
गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभा बैठक स्थगित
  • २०७८ असार ३१, ०७: २९

काठमाडौं । गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । बैठकमा नेपाली कांग्रेसका सांसद निश्कल राईले गणपूरक संख्यामाथि प्रश्न...

अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै
अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै
  • २०७८ असार ३१, ०७: २९

काठमाडौं : विभिन्न कार्यक्रमका साथ आज देशभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै छ । यस वर्षको अन्तर्राष्ट्रिय युवा दिवसको मूल नारा...