प्रतिकूल समयमा पनि ६६ प्रतिशत बजेट खर्च गर्‍यौँः मुख्यमन्त्री शाही – Naya Bikalpa
August 8, 2026, Saturday      Epaper

प्रतिकूल समयमा पनि ६६ प्रतिशत बजेट खर्च गर्‍यौँः मुख्यमन्त्री शाही

नयाँ विकल्प

काठमाडौं- कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कोभिड–१९ को महामारीको प्रतिकूल अवस्थाका बाबजुद प्रदेश सरकारको खर्च प्रतिशत सन्तोषजनक रहेको बताएका छन्।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय वीरेन्द्रनगर सुर्खेतमा आयोजित प्रदेश सरकारको आर्थिक वर्ष २०७७/०७८ वार्षिक प्रगति समीक्षामा मुख्यमन्त्री शाहीले आव २०७६/०७७ को तुलनामा ३३.३३ प्रतिशतले खर्च प्रगति बढेको बताएका हुन्। प्रदेश सरकारको कार्यसम्पादनको प्रभावकारिता एवं बजेट कार्यान्वयनको प्रगति क्रमशः वृद्धि हुँदै गएको भन्दै सरकारका सबै निकायमा क्रियाशील राजनीतिक तथा प्रशासनिक नेतृत्व एवं समग्र राष्ट्रसेवक कर्मचारीलाई उनले धन्यवाद व्यक्त गरे।

समीक्षा कार्यक्रमार्फत मुख्यमन्त्री शाहीले चालू आवको बजेट कार्यान्वयनको लागि आवश्यक तयारी थाल्न मन्त्री तथा सचिवहरूलाई निर्देशन दिए। आव २०७७/७८ चालूतर्फ रु १४ अर्ब ६७ करोड २२ लाख ३२ हजार, पूँजीगततर्फ रु १९ अर्ब ०६ करोड ९१ लाख २१ हजार गरी कूल रु ३३ अर्ब ७४ करोड १३ लाख ५३ हजार बजेट विनियोजन गरेको प्रदेश सरकारले चालूतर्फ रु आठ अर्ब ५१ करोड ४२ लाख ७५ हजार, पूँजीगततर्फ रु १३ अर्ब ५९ करोड ४४ लाख २० हजार गरी जम्मा खर्च रु २२ अर्ब १० करोड ८६ लाख ९६ हजार (६५.५२ प्रतिशत) गरेको समीक्षामार्फत जनाइएको छ।

प्रदेश सरकारले रु ३२ राजस्व सङ्कलनको लक्ष्य लिएकोमा रु ५० करोड सङ्कलन गरेको, कोभिड–१९ महामारीको प्रतिकूल अवस्थामा समेत ३३.३३ प्रतिशत बजेट खर्च वृद्धि गरेको, स्थानीय तहमा वित्तीय हस्तान्तरणमार्फत कूल बजेटको १० प्रतिशत रकम हस्तान्तरण गरिएको भन्दै मुख्यमन्त्री शाहीले भौतिक पूर्वाधार निर्माणअन्तर्गत २१ किलोमिटर सडक कालोपत्र, एक हजार १३६ किलोमिटर सडक ग्राभेल, ७५८.२ किलोमिटर कच्ची सडक निर्माण, ११ वटा झोलुङ्गे पुल, सातवटा सडक पुल निर्माण सम्पन्न गरिएको बताए।

सम्बन्धित समाचार

आजका लागि विदेशी मुद्राको विनिमयदर
आजका लागि विदेशी मुद्राको विनिमयदर
  • २०७८ श्रावण १३, ०७: २७

काठमाडौं : नेपाल राष्ट्र बैंकले आजका (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर...

धनकुटा उद्योग वाणिज्य सङ्घद्वारा कार्यकालका उपलब्धि सार्वजनिक
धनकुटा उद्योग वाणिज्य सङ्घद्वारा कार्यकालका उपलब्धि सार्वजनिक
  • २०७८ श्रावण १३, ०७: २७

धनकुटा : धनकुटा उद्योग वाणिज्य सङ्घको वर्तमान कार्यसमितिले आफ्नो कार्यकालमा गरेका महत्वपूर्ण काम तथा उपलब्धि सार्वजनिक गरेको छ। सङ्घले शुक्रबार...

देशभर अपराध ४.३५ प्रतिशतले बढ्यो, एक वर्षमा ६१ हजार मुद्दा दर्ता
देशभर अपराध ४.३५ प्रतिशतले बढ्यो, एक वर्षमा ६१ हजार मुद्दा दर्ता
  • २०७८ श्रावण १३, ०७: २७

काठमाडौँ : देशभर प्रहरी कार्यालयमा दर्ता हुने आपराधिक मुद्दाको संख्या बढेको छ । आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो आर्थिक वर्षको...