
नयाँ विकल्प
कास्की- गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले आफ्नो जिम्मेवारी इमान्दारिताका साथ पूरा गर्ने बताएका छन्। सोमबार नेपाली कांग्रेस तनहुँ क्षेत्र नं १ (ख) ले प्रमुख गुरुङलाई बन्दीपुरको डुम्रेमा स्वागत तथा सम्मान गरेको छ।
सो अवसरमा प्रदेश प्रमुख गुरुङले नेपाल सरकारले आफूलाई योग्य सम्झेर अवसर दिएको हुँदा आफ्नो जिम्मेवारी इमान्दारिताका साथ पूरा गर्ने उल्लेख गर्दै अब आफू जनताको प्रतिनिधि भएकाले जनताकै चाहना अनुसारको जिम्मेवारी वहन गर्ने बताएका हुन्।
पोखरा जाने क्रममा प्रदेश प्रमुख गुरुङलाई सो पार्टीले स्वागत तथा सम्मान गरेको थियो।
कांग्रेस महासमिति सदस्य रामचन्द्र अधिकारीले एक सच्चा, इमान्दार र कर्तव्यनिष्ठ व्यक्तिलाई प्रदेश प्रमुखमा पाउनु सौभाग्यको कुरा भएको बताए।
कांग्रेस महाधिवेशन प्रतिनिधि मानकाजी श्रेष्ठ, वडासभापति सुबोध अधिकारी, महिला नेतृ सरिता पियालगायतले प्रदेश प्रमुख गुरुङको कार्यकालमा गण्डकी प्रदेशमा उत्कृष्ट कार्य हुने विश्वास व्यक्त गरे।
काठमाडौँ : देशभर प्रहरी कार्यालयमा दर्ता हुने आपराधिक मुद्दाको संख्या बढेको छ । आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो आर्थिक वर्षको...
काठमाडौं : सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले राज्य सञ्चालनमा सरकारले ढंग पुर्याउन नसकेको टिप्पणी गरेका छन्...
काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले वर्तमान सरकारको कार्यशैलीप्रति कडा आलोचना गर्दै देश ‘शासकीय अराजकता’तर्फ उन्मुख भएको आरोप लगाएका...