श्वेतपत्रमा आर्थिक परिसूचकको तुलना नमिलेको आरोप – Naya Bikalpa
August 9, 2026, Sunday      Epaper

श्वेतपत्रमा आर्थिक परिसूचकको तुलना नमिलेको आरोप

नयाँ विकल्प

काठमाडौं- राष्ट्रिय योजना आयोगका निवर्तमान उपाध्यक्ष प्रा डा पुष्पराज कँडेलले सरकारबाट सदनमा प्रस्तुत श्वेतपत्रमा पछिल्ला दुई वर्ष कोरोना महामारीका कारण अर्थतन्त्रमा परेको नकारात्मक असरलाई आधार मानेर त्यसभन्दा अघि र पछिका वर्षको तुलना गरिनु उपयुक्त नभएको बताएका छन्।

अर्थमन्त्री जनार्दन शर्माले मङ्गलबार संसद्मा प्रस्तुत गरेको श्वेतपत्रमा गलत तथ्याङ्क राखिएको डा कँडेलको आरोप छ। सामान्य अवस्था र देशै ठप्प भएको असामान्य अवस्थासँग तुलना गरेर नयाँ सरकारले तथ्य बङ्ग्याएर यो श्वेतपत्र जारी गरेको उनले बताए।

सार्क राष्ट्र सबैको आर्थिक वृद्धिदर घटेको जनाउँदै उनले यो वर्ष पनि अपेक्षाअनुसार आर्थिक वृद्धि हुने सम्भावना नदेखिएको बताए।

सम्बन्धित समाचार

भक्तपुरको सुधार गृहमा युवकको मृत्यु
भक्तपुरको सुधार गृहमा युवकको मृत्यु
  • २०७८ श्रावण २८, ०७: ३२

भक्तपुर : भक्तपुरको सूर्यविनायक नगरपालिका–१, सिरुटारस्थित उत्साहित सुधार गृहमा एक युवकको मृत्यु भएपछि अवस्था तनावपूर्ण बनेको छ । सुधार गृहमा...

महाधिवेशनको कार्यतालिका कुनैपनि हालतमा तलमाथि हुँदैन : कांग्रेस सभापति थापा
महाधिवेशनको कार्यतालिका कुनैपनि हालतमा तलमाथि हुँदैन : कांग्रेस सभापति थापा
  • २०७८ श्रावण २८, ०७: ३२

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ राष्ट्रिय महाधिवेशनका लागि तय गरिएको मिति कुनै पनि हालतमा परिवर्तन नहुने...

ग्यासको कालोबजारी रोक्न अनुगमन
ग्यासको कालोबजारी रोक्न अनुगमन
  • २०७८ श्रावण २८, ०७: ३२

काठमाडौं : खाना पकाउने ग्यासमा कालोबजारी रोक्न र सहज आपूर्ति बढाउन गृह मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा बजार...