सार्कको आपत्कालीन बैठक बोलाउन माग – Naya Bikalpa
August 18, 2026, Tuesday      Epaper

सार्कको आपत्कालीन बैठक बोलाउन माग

नयाँ वकल्प

काठमाडौं- नेपाली नागरिकको एक समूहले नेपाल सरकारलाई दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को अध्यक्ष राष्ट्रको हैसियतले सार्क राष्ट्रको आपत्कालीन बैठक बोलाउन माग गरेका छन्। बैठकमा अविलम्ब अफगानीलगायत नागरिकको सुरक्षा तथा सम्भावित शरणार्थीको समस्या सम्बोधन गर्न समेत अपिल गरेका छन्।

जगन्नाथ लामिछाने, प्रेम सापकोटा, डा. विशाल ढकाल, शिवनाथ यादव, प्रदीप परियार, दावा लोमु शेर्पा, डा. जीवन क्षेत्री, सुमन अधिकारी, शेहनाज बानु, भोला पासवान, भुवन केसी, सृष्टि अधिकारीलगायतको समूहले अपिल जारी गर्दै आवश्यक परे नेपाल सरकार देश छाडेर भागेका अफगानीलाई उनीहरूको धर्म र लिङ्गलाई बेवास्ता गर्दै शरण दिन तयार रहन र सार्कका अन्य मुलुकले पनि आपत्कालीन उपाय खोज्दै अफगानीलाई सक्दो सहयोग गर्न आह्वान गरेको हो।

सम्बन्धित समाचार

कस्तो रहला आजको मौसम ?
कस्तो रहला आजको मौसम ?
  • २०७८ भाद्र ५, ०७: ३३

काठमाडौं : देशभर आज दिउँसो साधारणतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हिमाली भू–भागका केही स्थानमा मेघगर्जन र...

प्रतिनिधिसभाको बैठक बस्दै
प्रतिनिधिसभाको बैठक बस्दै
  • २०७८ भाद्र ५, ०७: ३३

काठमाडौं : प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बिहान ११ बजे सिंहदरबारमा बस्ने बैठकमा विभिन्न चार वटा मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित...

किशोर श्रेष्ठलाई रिहा गर्न सर्वोच्चको आदेश
किशोर श्रेष्ठलाई रिहा गर्न सर्वोच्चको आदेश
  • २०७८ भाद्र ५, ०७: ३३

काठमाडौं : पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । न्यायाधिशद्वय नहकुल सुबेदी र बाबुराम ढकालको इजलासले...