
नयाँ बिकल्प ।
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबाट अलग भई नयाँ दल दर्ता प्रक्रियामा रहेका माधव नेपालको पक्षमा एमालेका ५४ केन्द्रीय सदस्य र २९ संघीय संसदका सदस्यले साथ दिएका छन्।
राजनीतिक दल सम्बन्धी अध्यादेश बमोजिम पार्टीको केन्द्रीय समिति वा संघीय संसदीय दलमा २० प्रतिशत सदस्यको साथ लिएर एमाले छाडेर नेकपा (एकीकृत समाजबादी) दल दर्ता गर्न नेता नेपाल निर्वाचन आयोग पुगेपछि बुधबार केन्द्रीय सदस्य र सांसदको आयोगले सनाखत गरेको छ।
निर्वाचन आयोगले एमालेबाट अलग भई नयाँ दल दर्ताको पक्षमा उभिएका सबै केन्द्रीय सदस्य र सांसदलाई बुधबार भौतिक उपस्थितिमा सनाखत गराएको थियो।
नेकपा (एकीकृत समाजबादी) तर्फका कार्यकारिणी सदस्य तथा सांसदको सनाखत भए पनि निर्वाचन आयोगले अझै दल दर्ताको प्रमाणपत्र दिएको छैन।
खनालदेखि तुलसा थापाको सनाखत गर्न मानेन आयोगले
एमालेबाट अलग भई दल दर्ताका लागि निवेदन दिँदा सूचीमा नाम रहेर पनि हस्ताक्षर नगरेका, हस्ताक्षर तलमाथि परेका र सूचीमा नामै नरहेका नेताहरूको सनाखत गराउने कि नगराउने भन्ने विषयमा नेपाल समूह र निर्वाचन आयोगमा विवाद भएको छ।
नेपाल समूहले सूचीमा नाम रहेका नेताहरूलाई वारेसनामामार्फत भए पनि सनाखत गर्नुपर्ने र सूचीमा नाम नरहेका तर विभाजनमा साथ दिन चाहनेहरूको पनि सनाखत लिनु पर्ने अडान राखेको छ। निर्वाचन आयोगका पदाधिकारीहरूसँग नेपाल समूहले अहिले छलफल गरिरहेको छ।
सूचीमा नाम र हस्ताक्षर गरेका तर हस्ताक्षर तलमाथि परेका नेताहरूको पनि सनाखत लिन निर्वाचन आयोगले अस्वीकार गर्दा नेपाल समूहका नेताहरु प्रमुख निर्वाचन आयुक्त दिनेशप्रसाद थपलियाप्रति आक्रोसित बनेका छन्।
दल दर्ताका लागि निवेदन दिँदा सूचीमा नाम गरेका झलनाथ खनाल र रामप्रित पासवानको सनाखत गर्न निर्वाचन आयोगले अस्वीकार गरेको छ। खनाल स–शरीर उपस्थित नभएको र पासवानको हस्ताक्षर तलमाथि परेकाले सनाखत गर्न नसकिने भन्दै आयोगले असहयोग गरेको नेतृ रामकुमारी झाँक्रीले बताएकी छन्।
एमाले विभाजनमा नेपाललाई साथ दिने निर्णयमा पुगेका सोमप्रसाद पाण्डे, माया ज्ञवाली, शारदादेवी भट्ट, राजन राई र तुलसा थापाको सनाखत लिन पनि आयोगले अस्वीकार गरेको छ। यी चारै जनाको नाम अघिल्लो सूचीमा नरहेकाले सनाखत गर्न नसकिने आयोगले अडान लिएपछि आयोगमा लफडा सृजना भएको हो।

काठमाडौं । सर्पदंश र रेबिजको उपचारमा प्रयोग हुने एन्टिस्नेक भेनम सिरम तथा रेबिज इम्युनोग्लोबुलिन केन्द्रीय भ्याक्सिन स्टोर टेकुमा आइपुगेको छ।...
ललितपुर : नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण, संसदीय मर्यादा कायम राख्ने तथा विपद्मा परेका नागरिकको...
काठमाडौं : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पदबाट राजीनामा दिएका छन् । मुख्यमन्त्री शाहले प्रदेश प्रमुख नजिर मियाँसमक्ष राजीनामापत्र बुझाएका...