विमति हुँदैमा पार्टीमा आगो लगाउन हुन्नः एमाले नेता पाण्डे – Naya Bikalpa
August 14, 2026, Friday      Epaper

विमति हुँदैमा पार्टीमा आगो लगाउन हुन्नः एमाले नेता पाण्डे

नयाँ विकल्प

चितवन- नेकपा (एमाले)का स्थायी कमिटी सदस्य एवंम पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले पार्टीमा अन्तरसंघर्ष हुँदैमा नयाँ पार्टी खोलेर जाने कुरा उपयुक्त नभएको बताएका छन्।

चितवनको सौराहामा शुक्रबार साँझ पत्रकारसँगको कुरा गर्दै उनले मूल विषयमा सहमति भइसक्दा पनि एउटै पार्टीमा बस्न नमानेर अलग्गै पार्टी निर्माण भएको बताए।

‘आफैँले निर्माण गरेको पार्टीमा विमति भए अन्तरसंघर्ष गर्न सकिन्छ तर घरमा आगो लगाउन हुन्न,’ उनले भने।

एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले हालै मात्र नेकपा (एकीकृत समाजवादी) गठन गरेका थिए।

‘संविधान र पार्टीको विधान नै उल्लंघन भएको बेला पार्टीभित्र अन्तरसंघर्ष एउटा क्लाइमेक्समा पुगेको थियो, तर अदालतले ती सबै निर्णय बदर गरेपछि हामी पार्टीभित्रै फर्कने वातावरण बनेको थियो,’ नेता पाण्डेले भने, ‘एकताका लागि स्वंयम नेता नेपालले नै पहल गर्नु भएको थियो, उहाँ छुट्टिनुको विविध कारण होला।’

सम्बन्धित समाचार

आज देशभर मनसुनी गतिविधि सक्रिय, कर्णाली–सुदूरपश्चिममा धेरै भारी वर्षाको सम्भावना
आज देशभर मनसुनी गतिविधि सक्रिय, कर्णाली–सुदूरपश्चिममा धेरै भारी वर्षाको सम्भावना
  • २०७८ भाद्र १२, ०८: ११

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थान...

सर्पदंश र रेबिजविरुद्धका औषधि केन्द्रीय भ्याक्सिन स्टोरमा आइपुग्यो
सर्पदंश र रेबिजविरुद्धका औषधि केन्द्रीय भ्याक्सिन स्टोरमा आइपुग्यो
  • २०७८ भाद्र १२, ०८: ११

काठमाडौं ।  सर्पदंश र रेबिजको उपचारमा प्रयोग हुने एन्टिस्नेक भेनम सिरम तथा रेबिज इम्युनोग्लोबुलिन केन्द्रीय भ्याक्सिन स्टोर टेकुमा आइपुगेको छ।...

कांग्रेस बैठक : प्रेस स्वतन्त्रता, संसदीय मर्यादा र रोल्पा पहिरोबारे सरकारको ध्यानाकर्षण, देउवालाई स्वागत
कांग्रेस बैठक : प्रेस स्वतन्त्रता, संसदीय मर्यादा र रोल्पा पहिरोबारे सरकारको ध्यानाकर्षण, देउवालाई स्वागत
  • २०७८ भाद्र १२, ०८: ११

ललितपुर : नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण, संसदीय मर्यादा कायम राख्ने तथा विपद्मा परेका नागरिकको...