पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धा लोकतन्त्रको सौन्दर्य हो : प्रम देउवा – Naya Bikalpa
August 10, 2026, Monday      Epaper

पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धा लोकतन्त्रको सौन्दर्य हो : प्रम देउवा

Sher Bahadur Deuba

नयाँ विकल्प,

काठमाडौं- प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धा लोकतन्त्रको सौन्दर्य भएको बताएका छन्।

पार्टीको आजदेखि प्रारम्भ भएको वडा अधिवेशनका अवसरमा भिडियो सन्देश जारी गरी उनले स्वस्थ प्रतिस्पर्धाले पार्टीको समग्र सङ्गठनको जग मजबुत बनाउँदै जनजनमा लोकतन्त्रको रक्तसञ्चार गर्ने उल्लेख गरेका छन्।

सभापति देउवाले भनेका छन्, “देशभरका साथीहरूलाई लोकतान्त्रिक प्रक्रियाअनुसार सर्वसम्मत वा स्वस्थ प्रतिस्पर्धामार्फत अधिवेशनमा सहभागी हुन अनुरोध गर्दछु।”

लोकतन्त्रको पर्यायका रूपमा रहेको कांग्रेसले लोकतान्त्रिक अभ्यासमा आफूलाई सधैँ अग्रणी सावित गर्दै आएको उल्लेख गर्दै उनले नेपालका हरेक राजनीतिक आन्दोलनको नेतृत्व गर्दै पार्टीभित्रको आन्तरिक लोकतन्त्रमा पनि कांग्रेस सधैँ अगाडि रहेको बताएका छन्।

कांग्रेसको १४औँ महाधिवेशनको प्रक्रिया आजदेखि औपचारिकरूपमा प्रारम्भ भएको छ। उनले भने, “संवैधानिक बाध्यताअनुसार कोरोना महामारीकै बीच हामीले सुरु गर्नुपरेको महाधिवेशनमा सर्वप्रथम सामाजिक दूरी कायम गरी सहभागी हुन कांग्रेसका तमाम नेता तथा कार्यकर्तालाई हार्दिक अनुरोध गर्दछु।”

आठ लाखभन्दा बढी कांग्रेसका क्रियाशील सदस्य आजदेखि १४औँ महाधिवेशको प्रक्रियामा सहभागी भएको उल्लेख गर्दै उनले आफूले ती सबै सदस्य र नेतृत्वको जोश, जाँगर र साथको अनुभूति गरिरहेको बताएका छन्।

सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न कांग्रेसलाई बलियो बनाउन जरुरी रहेको जनाउँदै प्रधानमन्त्री देउवाले नेपाली जनताले बलियो कांग्रेसबाट मात्रै समग्र देशको विकास सम्भव भन्ने बुझिसकेको उल्लेख गरे।

“त्यसैले ‘बलियो कांग्रेस, समृद्ध देश’ भन्ने नारालाई साकार पार्न म पार्टीका हरेक तहका साथीहरूलाई आग्रह गर्न चाहन्छु”, उनले भने।

कांग्रेसको त्यो विगतको योगदान, जनताको भरोसा, परिपक्वता र अनुभवका कारण मुलुकको नेतृत्व अहिले फेरि कांग्रेसकै काँधमा आएको जनाउँदै उनले सन्देशमार्फत जनताको विश्वास जित्ने गरेर अघि बढ्ने प्रणसमेत गरेका छन्।

यस महाधिवेशनमार्फत सशक्त कांग्रेस बनाउने अभियानमा होमिइसकेको र पार्टीका सबैले हरेक गाउँको मुद्दासँग आफूलाई गाँस्दै, हरेक टोलको भावनाको नेतृत्व गर्दै ती सबै मुद्दा र भावना सम्बोधन गर्न बलियो कांग्रेस जरुरी रहेको सन्देश हरेक घरघरमा पुर्‍याउनेमा सभापति देउवाले विश्वास लिएका छन्।

सम्बन्धित समाचार

पोखरा विमानस्थल भ्रष्टाचार : पूर्वमन्त्री कार्कीलाई १५ लाख धरौटीमा छाड्न आदेश
पोखरा विमानस्थल भ्रष्टाचार : पूर्वमन्त्री कार्कीलाई १५ लाख धरौटीमा छाड्न आदेश
  • २०७८ भाद्र १८, १०: ५०

काठमाडौं : विशेष अदालतले नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँग सम्बन्धित भ्रष्टाचार मुद्दामा १५ लाख...

ग्यास, विद्युत्, मल र महँगी : सरकारको कार्यशैलीमाथि कांग्रेसको प्रश्नै प्रश्न
ग्यास, विद्युत्, मल र महँगी : सरकारको कार्यशैलीमाथि कांग्रेसको प्रश्नै प्रश्न
  • २०७८ भाद्र १८, १०: ५०

ललितपुर : नेपाली कांग्रेसले खाना पकाउने ग्यासको अभाव, विद्युत् खपतमा कर वृद्धि, रासायनिक मलको संकट, बजारमा बढ्दो महँगी तथा सरकारको...

कांग्रेसलाई एकताबद्ध बनाउन ट्रेड युनियनकर्मीहरुद्वारा आग्रह
कांग्रेसलाई एकताबद्ध बनाउन ट्रेड युनियनकर्मीहरुद्वारा आग्रह
  • २०७८ भाद्र १८, १०: ५०

मुलुक लोकतन्त्र र संविधानको संरक्षण र सम्बर्धन गर्नुपर्ने गम्भीर मोडमा उभिएको अवस्थामा नेपाली कांग्रेस भित्र झांगिदै गएको गुटगत तिक्तता, विशेष...