
नयाँ विकल्प,
मकवानपुर – मकवानपुर । बागमती प्रदेशसभामा नेकपा एमालेका ५६ सांसदमध्ये १३ जनाले माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीका पक्षमा सनाखत गराएका छन् ।
एमालेबाट निर्वाचित प्रदेशसभा सदस्य राजेन्द्र पाण्डे, कृष्णप्रसाद खनाल, मुनु सिग्देल, रमा आलेमगर, लक्ष्मण लम्साल, बसुन्धरा हुमागाई, माधव पौडेल, वसन्त मानन्धर, पार्वती सिलवाल, कुसुम कार्की, इन्द्रमाया गुरुङ, मिना ज्ञवाली नेपाल र राजेन्द्रमान श्रेष्ठले नेकपा एकीकृत समाजवादीमा रहने गरी सनाखत गराएका हुन् ।
निर्वाचन आयोगले नयाँ दलका पक्षमा सनाखतका लागि दिएको समय सकिनु अघिसम्म १३ प्रदेशसभा सदस्यले नेकपा एमाले छाडेर नयाँ दलका पक्षमा सनाखत गराएका हुन् ।
काठमाडौँ : देशभर प्रहरी कार्यालयमा दर्ता हुने आपराधिक मुद्दाको संख्या बढेको छ । आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो आर्थिक वर्षको...
काठमाडौं : सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले राज्य सञ्चालनमा सरकारले ढंग पुर्याउन नसकेको टिप्पणी गरेका छन्...
काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले वर्तमान सरकारको कार्यशैलीप्रति कडा आलोचना गर्दै देश ‘शासकीय अराजकता’तर्फ उन्मुख भएको आरोप लगाएका...