सदस्यता विवाद समाधानपछि अधिवेशन गर्नुपर्छ : उपसभापति निधि – Naya Bikalpa
October 18, 2026, Sunday      Epaper

सदस्यता विवाद समाधानपछि अधिवेशन गर्नुपर्छ : उपसभापति निधि


नयाँ विकल्प,

काठमाडौं – नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले डडेलधुरामा क्रियाशील सदस्यता विवाद टुङ्ग्याएर अधिवेशन प्रक्रिया अगाडि बढाउन आग्रह गरेका छन् ।

उपसभापति निधिले पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई आज एक पत्र लेख्दै सभापतिको गृह जिल्लासमेत भएकाले क्रियाशील सदस्यता विवाद समाधानपछि मात्र वडा अधिवेशन प्रारम्भ गर्न आग्रह गरे ।

उनले पार्टी जिल्ला कार्यसमितिसँगको समन्वय र सहयोगबिना एकपक्षीय रूपमा अधिवेशनको मिति तोकिनु अनुचित भएको बताए ।

“यस्तो गम्भीर विवादको समाधान नगरी अधिवेशन र निर्वाचन गराउनु सर्वथा अनुचित देखिने हुँदा तत्काल क्रियाशील सदस्यतासम्बन्धी विवाद समाधान गरेर मात्र अधिवेशन प्रक्रिया अगाडि बढाउन सम्बन्धित सरोकारवालालाई निर्देशन वा मार्गदर्शनका लागि विनम्र अनुरोध गर्दछु” उपसभापति निधिले पत्रमार्फत भनेका छन् ।

जिल्ला कार्यसमितिको असहमतिका बीच निर्वाचन अधिकृतले २५ भदौका लागि वडा अधिवेशनको मिति तोकेपछि उपसभापति निधिले सभापति देउवालाई सम्बोधन गर्दै उक्त पत्र लेखेका छन् ।

सम्बन्धित समाचार

लगानी बोर्डका पूर्वसिइओ सुशील भट्ट पक्राउ
लगानी बोर्डका पूर्वसिइओ सुशील भट्ट पक्राउ
  • २०७८ भाद्र २३, २२: ३५

काठमाडौँ ।  काठमाडौ लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुशील भट्ट पक्राउ परेका छन्। शनिबार ललितपुरको सानेपाबाट भट्टलाई पक्राउ...

आज महाअष्टमी पर्व, दुर्गा भवानीको विशेष पूजाआराधना गरिँदै
आज महाअष्टमी पर्व, दुर्गा भवानीको विशेष पूजाआराधना गरिँदै
  • २०७८ भाद्र २३, २२: ३५

काठमाडौं : आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज नेपालीहरूले बडादसैँका रूपमा दुर्गा भवानीको विशेष पूजाआराधना गरी भव्य रूपमा...

काठमाडौंबाट खोटाङ जाँदै गरेको गाडी सुनकोसीमा खस्यो, तीन जनाको मृत्यु
काठमाडौंबाट खोटाङ जाँदै गरेको गाडी सुनकोसीमा खस्यो, तीन जनाको मृत्यु
  • २०७८ भाद्र २३, २२: ३५

काठमाडौं : काठमाडौंबाट खोटाङ जाँदै गरेको गाडी सुनकोसी नदीमा खस्दा तीन महिलाको मृत्यु भएको छ । प्रहरीका अनुसार को १...