
नयाँ विकल्प,
काठमाडौं – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको स्थायी कमिटी बैठकले विधान राष्ट्रिय महाधिवेशनमा प्रस्तुत गर्ने तीन वटा प्रतिवेदनमाथि छलफल गरेको छ ।
सोमवार पार्टी कार्यालयमा बसेको स्थायी कमिटी बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको तीन प्रतिवेदनमाथि छलफल गरेको हो ।
बैठकपछि नेकपा एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईले स्थायी कमिटीका सदस्यहरुले विधान संशोधनसम्बन्धी प्रस्ताव, सङ्गठनसम्बन्धी प्रस्ताव र राजनीतिक प्रतिवेदनसम्बन्धी प्रस्तावमा सुझाव दिएको दिए ।
स्थायी कमिटीले दिएका सुझावलाई समेटेर आउँदो असोज ८ र ९ गते बस्ने केन्द्रीय कमिटीको बैठकमा राखिने र केन्द्रीय कमिटीमा आएका सुझावलाई समेटेर असोज १५, १६ र १७ गते विधान राष्ट्रिय महाधिवेशनमा प्रस्तुत गर्ने निर्णय गरिएको उनले बताए ।
बैठकले सबै पदाधिकारी हलबाट प्रत्यक्ष निर्वाचित गर्ने प्रस्ताव गरेको पनि उनल बताए ।
विभाग प्रमुख भट्टराईले अब विधान राष्ट्रिय महाधिवेशनको तयारीमा लाग्ने बताए ।
काठमाडौं । सर्पदंश र रेबिजको उपचारमा प्रयोग हुने एन्टिस्नेक भेनम सिरम तथा रेबिज इम्युनोग्लोबुलिन केन्द्रीय भ्याक्सिन स्टोर टेकुमा आइपुगेको छ।...
ललितपुर : नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण, संसदीय मर्यादा कायम राख्ने तथा विपद्मा परेका नागरिकको...
काठमाडौं : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पदबाट राजीनामा दिएका छन् । मुख्यमन्त्री शाहले प्रदेश प्रमुख नजिर मियाँसमक्ष राजीनामापत्र बुझाएका...