
काठमाडौं । नेकपा माओवादी केन्द्रले सदस्यता नवीकरण र स्थानीय सम्मेलनको तालिका परिवर्तन गरेको छ । आज मंगलबार बसेको स्थायी कमिटी बैठकले राष्ट्रिय सम्मेलनबाहेक अन्य तहका सम्मेलन तालिका परिवर्तन गरेको प्रवक्ता कृष्णबहादुर महराले बताए ।
सदस्यता नवीकरणको म्याद कात्तिक २५ गतेसम्म थपिएको छ भने टोल सम्मेलनहरू कात्तिक २७ गतेसम्म गरिसक्नु पर्ने छ । वडा सम्मेलनको म्याद मंसिर ४ सम्म थपिएको छ भने पालिका सम्मेलनहरू मंसिर ११ गतेसम्म सम्पन्न गर्नुपर्नेछ । त्यसैगरी प्रदेश सम्मेलन मंसिर २५ सम्म सकेर पुस दोस्रो साता राष्ट्रिय सम्मेलन गरिने प्रवक्ता महराले बताए ।
१ सय ४९ सदस्यीय सल्लाहकार समिति गठन गर्दै बैठकले जेष्ठ कम्युनिस्ट मञ्च ९९ जनाको बनाएको छ ।यसैगरी लेखा आयोगको संयोजक पेशल खतिवडालाई तोकेको प्रवक्ता महराले बताए । बैठकले टंक राईको नेतृत्वमा अनुशासन आयोग गठन गरेको छ भने विशेष समिति १ सय ७५ सदस्यीय बनाएको छ ।
बैठकमा विभिन्न पार्टीसँगको एकीकरणका लागि कार्यदलले पेश गरेको प्रस्तावमा छलफल सुरु भएको प्रवक्ता महराले बताए ।
महराले भने, ‘आजको बैठकले सम्मेलनको तालिकामा केही हेरफेर गरेको छ, राष्ट्रिय सम्मेलनको होइन, अन्य कामहरूको बारेमा, पार्टी सदस्यता नवीकरणको विषयमा कार्तिक २५ गतेसम्म म्याद थपिएको छ, टोल सम्मेलन कार्तिक २७ गतेसम्म,वडा सम्मेलन मङ्सिर ४ गतेसम्म, पालिका सम्मेलन मङ्सिर ११ गतेसम्म र प्रदेश सम्मेलन मङ्सिर २५ गतेसम्म म्याद थपिएको छ ।’
पार्टी भित्र थप छलफलको आवश्यक्ता भएकोले अर्को बैठक कार्तिक ४ गते बस्नेगरी आजको बैठक सकिएको महराले बताए ।
काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभन्दा माथि कोही पनि व्यक्ति हुन नसक्ने स्पष्ट पार्दै नेतृत्व सम्हाल्ने क्रममा आफू...
काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनको मतगणना सकिएको छ । १८ असोजबाट काठमाडौंमा सुरु भएको महाधिवेशनअन्तर्गत २३ गते रातिबाट मतगणना...
काठमाडौँ — नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापति पदमा निर्वाचित गगनकुमार थापाले आज पद तथा गोपनीयताको शपथ ग्रहण र पदबहाली गर्दैछन्।...