
काठमाडौं । नेकपा (एमाले) को दशौँ राष्ट्रिय महाधिवेशन नजिकिएसँगै आज मुलुकभर वडास्तरका अधिवेशन सुरु हुँदैछन् । डिजिटल प्रविधिको प्रयोग गरेर अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट वडा अधिवेशनको उद्घाटन गर्ने एमाले पार्टी कार्यालयले जनाएको छ ।
कात्तिक ९ गते सबै पालिकास्तरमा अधिवेशन सम्पन्न हुने बताइएको छ । आगामी मङ्सिर १० देखि १२ गतेसम्म दशौँ महाधिवेशन चितवनमा गर्ने समय तालिका सार्वजनिक गरेको एमालेले कात्तिक ११ गते स्थायी कमिटी र १२ गते केन्द्रीय कमिटीको बैठक बोलाएको छ ।
विसं २०७७ चैत मसान्तसम्म पार्टी सदस्य भएका सबै महाधिवेशन प्रतिनिधि बन्ने छन् भने महाधिवेशनमा निर्वाचन प्रयोजनका लागि विद्युतीय भोटिङ मेशिन प्रयोग गरिने एमालेले जनाएको छ । स्थायी कमिटी बैठकले महाधिवेशनका लागि नेता रामबहादुर थापा बादलको संयोजकत्वमा २१ सदस्यीय मूल व्यवस्थापन समिति गठन गरिसकेको छ ।
यसैबीच १० बुँदे प्रस्ताव कार्यान्वयन कार्यदलका संयोजक डा. भीमबहादुर रावलले भने १० बुँदे प्रस्तावको पूर्ण कार्यान्वयन नभएका संयोजक पदबाट राजीनामा दिने घोषणा गरेका छन् । बैठकमा अध्यक्ष केपी शर्मा ओलीले १० बुँदे प्रस्तावको भावनाविपरीत धारणा राखेकाले लिखित राजीनामा दिने भन्दै उपाध्यक्षसमेत रहेका रावलले केन्द्रीय कमिटीमा १० प्रतिशत मनोनयन गर्ने प्रस्ताव अघिसारेको बताएका छन् ।
काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले वर्तमान सरकार सञ्चालनमा देखिएको शासकीय अराजकता, विधिको शासन, आर्थिक अनुशासन, नागरिकका दैनिक समस्या...
लतिलपुर : नेपाली कांग्रेसकी सहमहामन्त्री डा. डिला संग्रौला पन्तले पार्टीलाई समाजका सबै वर्ग र समुदाय अटाउने ‘बिग टेन्ट’ पार्टीका रूपमा...
काठमाडौं : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेका छन् । सोमबार बसेको प्रदेश सभाको बैठकमा...