
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जुम एप्समार्फत देशभरका ६ हजार ७ सय ४३ वटा वडा अधिवेशनलाई एकसाथ उद्घाटन गरेका छन् । पार्टीलाई नीति व्यवहार र आचरणको रुपमा मार्गदर्शन गर्नु पर्ने बेला आएको भन्दै पार्टीका कामलाई नमूनाका रुपमा कार्यान्वयन गर्न निर्देशन दिए ।
संविधान अनुसार नै सबै तहको निर्वाचन गरिएको र अब पार्टीलाई पनि संविधान अनुसार नै अघि बढाउने दावी गर्दै उनले शक्ति विन्यास, स्रोत बाँडफाँड संविधान अनुसार नै गरिने स्पष्ट पारे । पार्टीले यो अवस्था सम्म आउँदा धेरै उत्तार चढाव भोगेको जिकिर गर्दै ओलीले सही मार्ग दर्शनबाट पार्टी चलिरहेको बताए ।
शनिबार पार्टी केन्द्रीय कार्यालय थापाथलीमा आयोजना गरिएको भर्चुअल उद्घाटन कार्यक्रममा ओलीले अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन गर्न आह्वान गरे । पार्टीका आधारभूत संगठन भनेकै वडा र शाखा संगठन हो भन्दै यति धेरैवटा वडा अधिवेशन उद्घाटन गर्नु सहज नभएको ठकर गरे ।
काठमाडौं : सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले राज्य सञ्चालनमा सरकारले ढंग पुर्याउन नसकेको टिप्पणी गरेका छन्...
काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले वर्तमान सरकारको कार्यशैलीप्रति कडा आलोचना गर्दै देश ‘शासकीय अराजकता’तर्फ उन्मुख भएको आरोप लगाएका...
काठमाडौं : नेपाली कांग्रेसको आधिकारिकता विवादमा भएको फैसलाका सम्बन्धमा सर्वोच्च अदालतले पुनरावलोकनको अनुमति दिएको छ । बिहीबार प्रधानन्यायाधीश डा. मनोजकुमार...