बागमतीमा मुख्यमन्त्रीको छिनोफानो आज, सत्ता हस्तान्तरण गर्न गठबन्धनको आग्रह – Naya Bikalpa
August 13, 2026, Thursday      Epaper

बागमतीमा मुख्यमन्त्रीको छिनोफानो आज, सत्ता हस्तान्तरण गर्न गठबन्धनको आग्रह

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज विश्वासको मत लिन लागेकी छन् । मुख्यमन्त्री बनेको दुई महिनापछि प्रदेश सभाबाट विश्वासको मत लिन लागेकी हुन । मुख्यमन्त्री शाक्य अल्पमतमा परेसँगै गत असोज २४ गते विश्वासको मत प्राप्त गर्न प्रस्ताव पेस गरेकी थिइन् ।

गठबन्धनमा आवद्ध दल माओवादी केन्द्र, नेपाली काँग्रेस, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी(जसपा) नेपालका नेताहरूले विश्वासको मतको विपक्षमा मतदान गर्ने भन्दै शाक्यलाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न र सहजरूपमा सत्ता हस्तान्तरण गर्न आग्रह गरेका थिए ।

प्रदेश सभा बैठक बुधबार दिउँसो १ बजे बस्ने भएको छ । प्रदेश सभाको बुधबारको बैठकमा विश्वासको मतसम्बन्धी सम्पूर्ण प्रक्रिया अगाडि बढ्ने सभामुख सानुकुमार श्रेष्ठले बताए ।

प्रदेश सभामा सभामुखसहित ५६ प्रदेश सभा सदस्य रहेको एमालेबाट बागमती प्रदेशको मन्त्री नियुक्त भएर पद तथा गोपनीयताको शपथग्रहण गरेका तत्कालीन सामाजिक विकास मन्त्री कृष्णप्रसाद शर्मा खनालले नेकपा (एकीकृत समाजवादी) पार्टी रोजेपछि शाक्य अल्पमतमा परेकी थिइन् ।

एमालेका १३ जना प्रदेश सभाका सदस्यले एकीकृत समाजवादी रोजेसँगै एमाले सभामुखसहित ४३ सदस्यमा सीमित बन्दै प्रदेश सभामा बहुमत गुमाएको छ । हाल १०९ प्रदेश सभा सदस्य कायम रहेको प्रदेश सभामा बहुमतका लागि ५५ जना सदस्य आवश्यक हुन्छ । शाक्यलाई साना दलहरूले समर्थन गरे पनि विश्वासको पक्षमा बहुमत पुग्ने छाट छैन ।

गठबन्धनबाट आगामी मुख्यमन्त्रीमा प्रस्तावित नेकपा (एकीकृत समाजवादी) का संसदीय दलका नेता राजेन्द्र पाण्डेले मुख्यमन्त्रीविरुद्ध ५९ जनाको हस्ताक्षर सङ्कलन भइसकेको बताए ।

प्रदेश सभामा कुन दलका कति साँसद
एमाले ४३ जना
माओवादी केन्द्र २३ जना
नेपाली काँग्रेस २२ जना
नेकपा (एकीकृत समाजवादी) १३ जना
विवेकशील साझा पार्टी ३ जना
नेमकिपा २ जना
राप्रपा २ जना
जनता समाजवादी पार्टी १ जना छन् ।

सम्बन्धित समाचार

कांग्रेस बैठक : प्रेस स्वतन्त्रता, संसदीय मर्यादा र रोल्पा पहिरोबारे सरकारको ध्यानाकर्षण, देउवालाई स्वागत
कांग्रेस बैठक : प्रेस स्वतन्त्रता, संसदीय मर्यादा र रोल्पा पहिरोबारे सरकारको ध्यानाकर्षण, देउवालाई स्वागत
  • २०७८ कार्तिक १०, ०७: ५८

ललितपुर : नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण, संसदीय मर्यादा कायम राख्ने तथा विपद्मा परेका नागरिकको...

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले दिए राजीनामा
सुदूरपश्चिमका मुख्यमन्त्री शाहले दिए राजीनामा
  • २०७८ कार्तिक १०, ०७: ५८

काठमाडौं : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पदबाट राजीनामा दिएका छन् । मुख्यमन्त्री शाहले प्रदेश प्रमुख नजिर मियाँसमक्ष राजीनामापत्र बुझाएका...

स्वदेश फर्केलगत्तै देउवाले गरे पार्टी एकताको आह्वान
स्वदेश फर्केलगत्तै देउवाले गरे पार्टी एकताको आह्वान
  • २०७८ कार्तिक १०, ०७: ५८

काठमाडौं : नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पाँच महिना लामो उपचारपछि स्वदेश फर्किएका छन् । सिंगापुरमा स्वास्थ्य उपचार गराएर...