
हेटाैडा । बागमती प्रदेशको मुख्यमन्त्रीमा राजेन्द्र पाण्डे आज सफत लिदैछन् । पाण्डेलाई पाँच दलीय गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस र जसपाको समर्थन रहेका छ ।
राजेन्द्र पाण्डे नेकपा एकीकृत समाजवादी बागमती प्रदेशका संसदीय दलका नेता हुन् । मुख्यमन्त्रीसंगै नयाँ मन्त्री बन्नेहरुको समेत टुंगो लागेको हो । मुख्यमन्त्रीसहित मन्त्री नियुक्तपछि आज दिउँसो साढे ३ बजे सपथ कार्यक्रमको गरिएको तयारी गरिएको प्रदेश प्रमुख कायालय स्रोतले जनाएको छ ।
पाण्डेको नेतृत्वमा बन्ने बागमती सरकारमा गठबन्धनबाट नयाँ सम्भावित मन्त्रीको नाम सार्वजनिक भएको छ । नेपाली कांग्रेसका कृष्ण भँडेल, नेकपा एकीकृत समाजवादीका कृष्ण खनाल र नेकपा माओवादी केन्द्रकी कुमारी मोक्तान मन्त्री बन्ने पक्कापक्की भएको गठबन्धनका नेताले बताउदै आएका छन् ।
मन्त्रालयको भागबन्डाका विषयमा गठबन्धनको बैठक बसिरहेको बताइएको छ । नेताहरुका अनुसार अर्थ मन्त्रालय कांग्रेसका कृष्ण भँडेलले पाउने चर्चा छ, एकीकृत समाजवादीका खनालले सामाजिक विकास मन्त्रालय पाउने सम्भावना रहेको छ र नेकपा माओवादी केन्द्रकी मोक्तानले आन्तरिक तथा मामिला मन्त्रालय पाउने सम्भावना छ । नेकपा माओवादी केन्द्रले यो मन्त्रालय लिने सहमति बनेमा पूर्वमन्त्री शालिकराम जम्मकट्टेल पनि सरकारमा सहभागी हुने बताइएको छ ।
काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ राष्ट्रिय महाधिवेशनका लागि तय गरिएको मिति कुनै पनि हालतमा परिवर्तन नहुने...
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी भदौ महिनादेखि ‘नागरिक, नीति र नेतृत्व’ नामक नयाँ कार्यक्रम सुरु गर्ने भएको छ ।...
सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले चाँडै मन्त्रिपरिषद् विस्तार हुने बताएका छन् । नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी...