
कास्की । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले समयअगावै चुनावमा जानु आवाश्यक नरहेको बताएका छन् । नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेश समितिद्वारा आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरुको जिज्ञासामा स्थानीय, प्रदेश र सङ्घीय चुनाव एकै पटक गनुपर्ने बताएका हुन् ।
‘अर्ली इलेक्सन’बारे सञ्चारकर्मीहरुको प्रश्नमा नेपालले भने, ‘किन अर्ली इलेक्सनमा जानु ? अर्लीमा जानु जरुरी छैन । यसबारे गठबन्धनमा छलफल भएको पनि छैन् । मलाई लागेको चाँही सबै चुनाव एकैपटक गराउनुपर्छ भन्ने हो । यो मिल्छ वा मिल्दैन थाहा छैन् बरु यसबारे छलफल गर्नुपर्ला । यसमा कानूनी जटिलता छ की छैन थाहा छैन । निर्वाचन खर्च र राष्ट्रको सम्पत्ति जोगाउनका लागि सबै चुनाव एकै पटक गरिनुपर्छ ।’
फरक प्रसंगमा नेता नेपालले भने ‘अहिलेको अवस्था नेकपा माओवादी केन्द्रसंग पार्टी एकता सम्भव नभएको प्रष्ट पारे । केही व्यक्तिको चाहाना वामपन्थी पार्टीहरु मिलुन, सबै कम्युनिष्टहरु एक ठाउँमा आउन भन्ने होला । यो राम्रो कुरा पनि हो तर चुनाव अघि एकता होइन यो पार्टी थप शक्तिशाली र उर्जावान बनाएर अघि बढ्छौं । ’
एकीकृत समाजवादी पार्टीलाई विचार र नीतिप्रधान पार्टी बनाउँदै सर्वहारा श्रमजीवी जनताको पार्टीका रुपमा स्थापित गरिने र आगामी निर्वाचनमा पाँच दलीय गठबन्धनसँग मिलेर अघि बढ्ने उनको भनाइ थियो । त्यस्तै आफु नेकपा एमालेमा फर्किने कुरामा कल्पना समेत बताए । उनले भने, ‘एमालेमा बसेकाहरुको यस्तो बेहाल छ भने हामी भविष्यसमेत फर्किने कल्पना गर्दैनौं ।’
अध्यक्ष नेपालले प्रधानन्यायाधीश र न्यायालयमाथि एमाले अध्यक्ष केपी ओलीले हिलो छ्याप्ने काम गरेको बताए । संविधान मिचेर गत पुस ५ र जेठ ७ मा ओलीले प्रतिनिधिसभा भंग गर्न गरेको दुस्साहसलाई पाँच जना न्यायाधीशहरूले रोकेर ऐतिहासिक फैसला गरेको उनको जिकिर थियो ।
नेपालले आगामी निर्वाचन पछि एमालेलाई टर्च बालेर खोज्नु पर्ने अवस्था आउने दावी समेत गरे । उनले भने, ‘सही विचार र देशलाई माया गर्ने संकल्प हामीसंग छ, अहिले समाजवादीलाई तथानाम भन्नेहरुलाई आगामी दिनमा टर्च बालेर खोज्ने दिन आउने छ ।’
काठमाडौँ : देशभर प्रहरी कार्यालयमा दर्ता हुने आपराधिक मुद्दाको संख्या बढेको छ । आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो आर्थिक वर्षको...
काठमाडौं : सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले राज्य सञ्चालनमा सरकारले ढंग पुर्याउन नसकेको टिप्पणी गरेका छन्...
काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले वर्तमान सरकारको कार्यशैलीप्रति कडा आलोचना गर्दै देश ‘शासकीय अराजकता’तर्फ उन्मुख भएको आरोप लगाएका...