विदेशी लगानीकर्तालाई सुरक्षाको प्रत्याभूति दिन सरकार तयार छः प्रधानमन्त्री देउवा – Naya Bikalpa
August 9, 2026, Sunday      Epaper

विदेशी लगानीकर्तालाई सुरक्षाको प्रत्याभूति दिन सरकार तयार छः प्रधानमन्त्री देउवा

काठमाडौं । विदेशी लगानीकर्तालाई सुरक्षाको प्रत्याभूति दिन सरकार सदैव तयार रहेको प्रधानमन्त्री शेरबहादुर देउवाले स्पष्ट पारेका छन् । शनिबार बेलायतमा नेपाली जनसम्पर्क समितिद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै विदेशी लगानीकर्तालाई उत्प्रेरित गर्न सरकार तयार रहेको प्रधानमन्त्री देउवाले बताएका हुन् ।

नेपाली नागरिकता नेपालको संविधानसंग जोडिएको विषय भएकाले गैरआवासीय नेपालीका लागि नेपाली नागरिकता सम्भव नरहेको प्रधानमन्त्री देउवाले बताए । यता बेलायतको नागरिकता लिएका नेपालीहरु यहाँको सांसद् हुनसक्ने सम्भावना भएको बताउदै गैरआवासीय नेपालीहरुले नेपाललाई निरन्तर सहयोग गरिहेकामा प्रधानमन्त्रीले प्रसंशासमेत गरे ।

समितिका अध्यक्ष युवराज गुरुङले जनसम्पर्क समितिका कामकारबाहीबारे प्रधानमन्त्रीलाई जानकारी गराएका थिए । उनले प्रवासमा रहेका नेपालीका समस्या र चनौतीका विषयमा देउवाको ध्यानाकर्षण गराएका थिए ।

प्रधानमन्त्री देउवा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिको पक्ष राष्ट्रको २६औँ सम्मेलन (कोप–२६०) समिटका लागि नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शुक्रबार राति लण्डन पुगेका हुन् ।

सम्बन्धित समाचार

महाधिवेशनको कार्यतालिका कुनैपनि हालतमा तलमाथि हुँदैन : कांग्रेस सभापति थापा
महाधिवेशनको कार्यतालिका कुनैपनि हालतमा तलमाथि हुँदैन : कांग्रेस सभापति थापा
  • २०७८ कार्तिक १४, १४: ३८

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ राष्ट्रिय महाधिवेशनका लागि तय गरिएको मिति कुनै पनि हालतमा परिवर्तन नहुने...

ग्यासको कालोबजारी रोक्न अनुगमन
ग्यासको कालोबजारी रोक्न अनुगमन
  • २०७८ कार्तिक १४, १४: ३८

काठमाडौं : खाना पकाउने ग्यासमा कालोबजारी रोक्न र सहज आपूर्ति बढाउन गृह मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा बजार...

रास्वपाले भदौदेखि ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सञ्चालन गर्ने, मन्त्रीहरूले नागरिकसँग प्रत्यक्ष संवाद गर्नुपर्ने
रास्वपाले भदौदेखि ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सञ्चालन गर्ने, मन्त्रीहरूले नागरिकसँग प्रत्यक्ष संवाद गर्नुपर्ने
  • २०७८ कार्तिक १४, १४: ३८

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी भदौ महिनादेखि ‘नागरिक, नीति र नेतृत्व’ नामक नयाँ कार्यक्रम सुरु गर्ने भएको छ ।...