
हेटाैडा। कात्तिक २२ गते बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री पाण्डे गठबन्धनको तर्फबाट ५९ जना सांसदको समर्थनमा तेस्रो मुख्यमन्त्रीका रुपमा कार्तिक ११मा नियुक्त भएका थिए ।
संवैधानिक व्यवस्था अनुसार सरकार गठन भएको ३० दिन भित्र संसदबाट विश्वासको मत लिनुपर्ने हुन्छ । प्रदेशसभा सचिवालयका अनुसार मुख्यमन्त्री पाण्डेको विश्वासको मत सम्बन्धी प्रस्ताव संसद् सचिवालयमा दर्ता भइसकेको छ । मुख्यमन्त्री कार्यालयबाट विस्वासको मत लिन हिजो –आईतबार) नै पत्र प्राप्त भइसएको प्रदेशसभा सचिवालयका प्रवक्ता विनोद अमात्यले बताए ।
मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डे नेपालको संविधानको धारा १८८ को उपधारा २ अनुसार नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा (एकीकृत समाजवादी) को समर्थनमा कात्तिक ११ गते मुख्यमन्त्री नियुक्त भएका थिए ।
काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ राष्ट्रिय महाधिवेशनका लागि तय गरिएको मिति कुनै पनि हालतमा परिवर्तन नहुने...
काठमाडौं : खाना पकाउने ग्यासमा कालोबजारी रोक्न र सहज आपूर्ति बढाउन गृह मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा बजार...
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी भदौ महिनादेखि ‘नागरिक, नीति र नेतृत्व’ नामक नयाँ कार्यक्रम सुरु गर्ने भएको छ ।...