
चितवन । सरकारले पाँच वर्षमाथिका बालबालिकालाई खोप लगाउँने भएको छ । महिला बालबालिका तथा ज्येष्ठनागरिकमन्त्री उमा रेग्मीले बालबालिकलाई छिटोभन्दा छिटो खोप दिने व्यवस्था गरिने बताएकी हुन् ।
नेपाल सरकार पाँच वर्षमाथिका बालबालिकालाई खोपको व्यवस्थापनमा तीब्ररुपमा लागेको मन्त्री रेग्मीले पत्रकारसंगको कुराकानीमा बताएकी हुन् ।
बालबालिकाहरुका लागि विदेशमा खोपको परीक्षण भइरहेको र परीक्षणको काम सम्पन्न भएसँगै फाइजर र मोडना नेपाल आउनेमा विश्वास व्यक्त गरिन् । सबै बालबालिकालाई समयमै खोपको व्यवस्था सरकारले गर्नेमा निश्चित हुन पनि आग्रह गरिन ।
कोरोना सङ्क्रमण बढ्न नदिन सबै नागरिक सचेत हुनुपर्ने उनको भनाई छ । उनले खोप नलगाएकाहरु थप सतर्क हुनुपर्ने विचार व्यक्त गरिन ।
आफ्नो विचार व्यक्त गर्दैगर्दा मन्त्री रेग्मीले न्यायपालिकालाई विवादमा पार्नु कुनै कोणबाट राम्रो नभएको प्रष्ट पारिन ।
त्यस्तै आफ्नो मन्त्रालयले महिला, बालबालिका र ज्येष्ठ नागरिकको हितमा काम गर्ने योजना बनाउन थालिसकेको उनको भनाइ थियो ।
काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ राष्ट्रिय महाधिवेशनका लागि तय गरिएको मिति कुनै पनि हालतमा परिवर्तन नहुने...
काठमाडौं : खाना पकाउने ग्यासमा कालोबजारी रोक्न र सहज आपूर्ति बढाउन गृह मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा बजार...
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी भदौ महिनादेखि ‘नागरिक, नीति र नेतृत्व’ नामक नयाँ कार्यक्रम सुरु गर्ने भएको छ ।...