प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले दिए राजीनामा – Naya Bikalpa
October 15, 2026, Thursday      Epaper

प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले दिए राजीनामा

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिएका छन् । सोमबार प्रदेशसभामा विश्वासको मत लिने प्रस्तावमाथि मतदान हुन अगाबै आचार्यले राजीनामा घोषणा गरेका हुन् ।

सोमबार प्रदेशसभा बैठकलाई सम्बोधन गर्ने क्रममा आफ्नो अंकगणित मेल नखाएको बताएका थिए । प्रदेशसभामा १६८(१) को अवस्था नभएकोले मुख्यमन्त्री पदबाट राजीनामा दिने घोषणा उनले गरेका थिए ।

नेकपा एमालेका १० सांसदले एकीकृत नेकपा समाजवादी रोजेसँगै गत १० भदौमा मुख्यमन्त्री बनेका आचार्य भदौ २५ मा अल्पमतमा परेका थिए । संवैधानिक व्यवस्था अनुसार अल्पमतमा परेका आचार्यले ३० दिनभित्र विश्वासको मत लिने प्रस्ताव प्रदेशसभामा पेश गरेका थिए । प्रस्ताव पेश भएपनि तत्काल मतदानमा लगिएको थिएन ।
प्रदेशसभामा आफ्नो दल अल्पमतमा परेसँगै मुख्यमन्त्री आचार्यले सरकार छाड्ने सोच रोखेको तर जनताको अपेक्षा र कामको चापले यसो गर्न नसकेको बताए ।

सम्बन्धित समाचार

कांग्रेस पेशागततर्फ केन्द्रीय सदस्यमा डा. केदारनरसिंह केसी सर्वाधिक मतसहित निर्वाचित
कांग्रेस पेशागततर्फ केन्द्रीय सदस्यमा डा. केदारनरसिंह केसी सर्वाधिक मतसहित निर्वाचित
  • २०७८ कार्तिक १५, १५: ०६

काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत पेशागततर्फ केन्द्रीय सदस्यमा डा. केदार नरसिंह केसी सर्वाधिक मतसहित निर्वाचित भएका छन्। पाँच पदका...

घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार काठमाडौंबाट बाहिरिए
घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार काठमाडौंबाट बाहिरिए
  • २०७८ कार्तिक १५, १५: ०६

काठमाडौं : नेपालीको महान चाड बडादसैं मनाउने सिलसिलामा घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार ७५३ जना यात्रुले काठमाडौं उपत्यका छाडेका...

नापजाँच सकिएको ११ वर्षपछि धनुषाका २३३ परिवारले पाए लालपुर्जा
नापजाँच सकिएको ११ वर्षपछि धनुषाका २३३ परिवारले पाए लालपुर्जा
  • २०७८ कार्तिक १५, १५: ०६

धनुषा : धनुषाको धनौजी गाउँपालिका ३ (साविक झोझी कटैया गा.वि.स. वडा नं १,२,३,४, ५, ६, ७, ८ र ९ ) का...