
विराटनगर । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले प्रदेश प्रमुखलाई राजीनामा बुझाएका छन् । प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै राजीनामा घोषणा गरेका मुख्यमन्त्री आचार्यले प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीलाई राजीनामा पत्र बुझाएको स्रोतले बताएको हो ।
प्रदेशसभामा संविधानको धारा १६८ को उपधारा १ बमोजिम नेकपा एमाले सबैभन्दा ठूलो दल भएपनि एकल बहुमतको अवस्था नरहेकाले मुख्यमन्त्री पदबाट राजीनामा दिएको आचार्यले राजीनामा पत्रमा उल्लेख गरेका छन् ।
भदौ १० गते प्रदेश १ का तत्कालीन मुख्यमन्त्री शेरधन राईले राजीनामा दिएपछि आचार्य मुख्यमन्त्री नियुक्त भएका थिए । भदौ १० मा मुख्यमन्त्री मा नियुक्त आचार्य २५ गते नै पार्टी फुटका कारण अल्पमतमा परेका थिए ।
नेकपा एमाले पार्टी फुटाएर माधव नेपालको नेतृत्वमा नेकपा एकीकृत समाजवादी पार्टीको स्थापना भएको थियो । एमालेका १० सांसदले नेकपा एकीकृत समाजवादी रोजेसँगै अल्पमतमा उनी अल्पमतमा परेका थिए ।आफु अल्पमतमा परेपछि मन्त्री आचार्यले संविधानअनुसार ३० दिनमा विश्वासको मत लिने प्रस्ताव पेश प्रदेश सचिवालयमा गराएका थिए । प्रस्तावलाई तत्काल मतदानमा लगिएको थिएन । गत शुक्रबारको प्रदेशसभा बैठकमा मुख्यमन्त्री आचार्यले विश्वासको मतसम्बन्धी प्रस्ताव पेश गरेका थिए ।
मुख्यमन्त्री आचार्यले आज (सोमबार) राजीनामा दिएपछि विश्वातको मत लिने प्रस्तावलाई मतदानमा लगिएन ।
यस्तो छ राजीनामा पत्र..

काठमाडौँ : देशभर प्रहरी कार्यालयमा दर्ता हुने आपराधिक मुद्दाको संख्या बढेको छ । आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो आर्थिक वर्षको...
काठमाडौं : सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले राज्य सञ्चालनमा सरकारले ढंग पुर्याउन नसकेको टिप्पणी गरेका छन्...
काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले वर्तमान सरकारको कार्यशैलीप्रति कडा आलोचना गर्दै देश ‘शासकीय अराजकता’तर्फ उन्मुख भएको आरोप लगाएका...