कर्णालीमा जीवनबहादुर शाहीको दावी पेश, आजै शपथ लिने – Naya Bikalpa
August 8, 2026, Saturday      Epaper

कर्णालीमा जीवनबहादुर शाहीको दावी पेश, आजै शपथ लिने

सुर्खेत । नेपाली काँग्रेसका नेता जीवनबहादुर शाहीले कर्णाली प्रदेशको मुख्यमन्त्रीमा दावी पेश गरेका छन् ।

नेपाली कांग्रेसका नेता शाहीलाई नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र नेपाली काँग्रेसका गरि २१ प्रदेशसभा सदस्यले समर्थन गरेका छन् । २१ प्रदेशसभा सदस्यको समर्थनमा उनले प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनी समक्ष मुख्यमन्त्रीमा दावी पेश गरेका हुन् ।

कर्णाली प्रदेशसभा हाल ३५ सदस्यीय रहेको छ । मुख्यमन्त्रीमा दाबी पेश गर्न १८ सांसदको समर्थन भए पुग्छ । उनलाई कांग्रेसका ६, नेकपा माओवादी केन्द्रका १२ र नेकपा (एकीकृत समाजवादी)का ३ सांसदले समर्थन गरेका हुन् ।

त्यस्तै प्रदेश प्रमुख कलौनीले सोमबार बेलुका संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्री नियुक्तिका लागि २४ घण्टाभित्र आधार पेश गर्न प्रदेशसभा सदस्यलाई आहृवान गरेका थिए ।

मुख्यमन्त्री शाहीले आज (मंगलबार) साँझ ८ बजे शपथ ग्रहण गर्ने कार्यक्रम रहेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार

देशभर अपराध ४.३५ प्रतिशतले बढ्यो, एक वर्षमा ६१ हजार मुद्दा दर्ता
देशभर अपराध ४.३५ प्रतिशतले बढ्यो, एक वर्षमा ६१ हजार मुद्दा दर्ता
  • २०७८ कार्तिक १६, १८: १६

काठमाडौँ : देशभर प्रहरी कार्यालयमा दर्ता हुने आपराधिक मुद्दाको संख्या बढेको छ । आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो आर्थिक वर्षको...

सत्तारुढ सांसद नै भन्छन्- राज्य सञ्चालन गर्न सरकारको ढंग पुगेन
सत्तारुढ सांसद नै भन्छन्- राज्य सञ्चालन गर्न सरकारको ढंग पुगेन
  • २०७८ कार्तिक १६, १८: १६

काठमाडौं : सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले राज्य सञ्चालनमा सरकारले ढंग पुर्‍याउन नसकेको टिप्पणी गरेका छन्...

सरकार ‘शासकीय अराजकता’तर्फ उन्मुख : कांग्रेस सभापति थापा
सरकार ‘शासकीय अराजकता’तर्फ उन्मुख : कांग्रेस सभापति थापा
  • २०७८ कार्तिक १६, १८: १६

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले वर्तमान सरकारको कार्यशैलीप्रति कडा आलोचना गर्दै देश ‘शासकीय अराजकता’तर्फ उन्मुख भएको आरोप लगाएका...