बाबुरामलाई ओलीको कटाक्षः छोरीलाई बेलायत कसरी पढाएको कमरेड ? – Naya Bikalpa
August 9, 2026, Sunday      Epaper

बाबुरामलाई ओलीको कटाक्षः छोरीलाई बेलायत कसरी पढाएको कमरेड ?

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको कटाक्ष गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आम्दानीमाथि प्रश्न उठाएका छन् । आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै ओलीले डा. भट्टराईकी छोरी बेलायतमा कुन आम्दानीबाट पढेको हो ? भनेर प्रश्न उठाए ।

भूमिगत भएकै बेला कसरी बाबुरामकी छोरी बेलायत पढिन् भन्दै ओलीले भिसाको समेत प्रसंग उठाए । ओलीले भने, भूमिगत नेताका छोराछोरीको बाउको नाउँ त चाहिन्छ, नागरिकता चाहिन्छ पासपोर्टका लागि । कुन पासपोर्टबाट मानुषी जी बेलायत जानुभएको थियो ? कहाँ भिसा लगाउनुभएको थियो बाबुरामजी बताउनुस् ?

जनतालाई मूर्ख नठान्न आग्रह गर्दै ओलीले आफुले बनाएको पासपोर्टको समेत चर्चा गरे । प्रचण्ड बाबुराम युरोप कसरी र कुन पासपोर्टबाट घुमे ? भन्दै उनले बहुदलीय व्यवस्था पछि पासपोर्ट लिएको र धेरै जटिल्ता पार गरेपछि सक्सेस भएको जिकिर गरे ।

सत्ता गठबन्धनले प्रधानन्यायाधीश जबराविरुद्ध महाभियोग लगाए आफूहरु चुप लागेर नबस्ने फरक प्रसंगमा अध्यक्ष ओलीले बताए । जबराको राजीनामाले मात्रै न्यायालयभित्रको समस्या समाधान नहुने जिकिर गर्दै उनले परमादेशको फैसला गर्ने सबै न्यायाधीशको गल्टी कोट्याए ।

प्रधानन्यायाधीशविरुद्ध हठात्मा महाभियोग लगाए आफ्नो पार्टीले पनि परमादेशको फैसला गर्ने अरु न्यायाधीशहरु र अरु दुई जनागरी ६ जनाविरुद्ध महाभियोग लगाउने टिप्पणी गरे।

सम्बन्धित समाचार

महाधिवेशनको कार्यतालिका कुनैपनि हालतमा तलमाथि हुँदैन : कांग्रेस सभापति थापा
महाधिवेशनको कार्यतालिका कुनैपनि हालतमा तलमाथि हुँदैन : कांग्रेस सभापति थापा
  • २०७८ कार्तिक २१, १६: २१

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ राष्ट्रिय महाधिवेशनका लागि तय गरिएको मिति कुनै पनि हालतमा परिवर्तन नहुने...

रास्वपाले भदौदेखि ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सञ्चालन गर्ने, मन्त्रीहरूले नागरिकसँग प्रत्यक्ष संवाद गर्नुपर्ने
रास्वपाले भदौदेखि ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सञ्चालन गर्ने, मन्त्रीहरूले नागरिकसँग प्रत्यक्ष संवाद गर्नुपर्ने
  • २०७८ कार्तिक २१, १६: २१

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी भदौ महिनादेखि ‘नागरिक, नीति र नेतृत्व’ नामक नयाँ कार्यक्रम सुरु गर्ने भएको छ ।...

तीनबुँदे सहमतिअनुसार कर्णालीमा मन्त्रिपरिषद् विस्तार हुँदै
तीनबुँदे सहमतिअनुसार कर्णालीमा मन्त्रिपरिषद् विस्तार हुँदै
  • २०७८ कार्तिक २१, १६: २१

सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले चाँडै मन्त्रिपरिषद् विस्तार हुने बताएका छन् । नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी...